Pratima KC – Parai Ko Mato Mathi (Nepali Gajal)

प्रतिमा के.सी. – पराईको माटोमाथि

आज भोलि पर्सि भन्दै भाका सरिराछ
पराईको माटो माथि आँशु झरिराछ

अग्लो थियो आदर्शको सगरमाथा
घरि घरि ठेस लाग्दा मन मरिराछ

बाध्यताको हुरीले प्रदेशमा धकेल्यो
गाउँघर देश सम्झी पीर परिराछ

बिर्सिएर आफन्त चर्को मजदुरीले
पसीना र आँशु बगी आल भरिराछ

हिजो अस्ति स्वाभिमान बोल्ने छातीभित्र
आज धेरै दुविधाले राज गरिराछ

बेलायत
५ फेब्रुअरी २०१२