बिमल प्रधान – सुनामी
डगमग सागरका उचालिएका हाथहरुले
मानिसका खिलोउनाहरु हुताएको देखें
पछारिएको अट्टालिकामा प्वाख उम्रिएर
य्त्र तत्र छ्रिएको शरीर देखें
शान्ता सागरको छातीमा उम्लिएको स्तन्हरुमा
योउवन उद्दिप्त मादकता देखें
मनिसका चिजबिजहरुमा केही खोज्देइ गरेको
इर्षित सागरका रिसालु आँखा देखें
मैले सोधे –
– के रोज्देइ छोउ जनसमुहमा आई
– मेरो मायालु प्रकृतिलाई खोज्दैइ छु
निराशामा सागर फर्किएको देखें
रिस अझै नथामिएको
घरी घरी मुर्मुरिएको देखें
(Sent to Sanjaal Corps via Email)