Narnath Luitel – Holi Ka Dui Goli (Nepali Byangya Kabita)

नरनाथ लुइँटेल – होलीका दुई गोली(ब्यङ्ग्य कविता)

एक

छताछुल्ल पोखिएछ फागुनको रङ्ग
अङ्गभरि रङ्ग छरी के पर्नु खै दङ्ग
नेता भने उभिँदा छन् आफ्नै हुर्मत खोली
जनताको भावनामा कति खेल्छौ होली ?

दुई

हाम्रै रगत निचोरेर पिच्करीमा हाल्यौ
हाम्रै आशा आकाङ्क्षामा हिलोमैलो फाल्यौ
टुक्रा पार्दै लुछिरेछौ हाम्रो अङ्ग पोली
कैलेसम्म खेल्छौ नेता फागुनको होली ?

०६६ फागुन १६, (फागु पूर्णिमा)
कलङ्की, काठमाडौँ