Biwash Bipra – Ankhaharuma Jiwan

बिवश बिप्र – आँखाहरुमा जीवन
(Sent to Sanjaal Corps via Email)

हेर्दै,
परागकणहरु बाँचेको !!
भर्दै,
टोकरी स्वेत–जीवनको !!

…समानता
उहि भ्रुणहरु
उस्तै बिकासक्रम
अनुमानीत
कर्मकलम पनि
एकै … अनुहारका !!

म दिन लम्बिएको देख्न सक्दिन !
न रात छोटिएको नै !!

गतिशिल पथका
यात्री/पदयात्रीहरु
कोही जुन कुर्दै
केही घाम भन्दै !!

आज,
आफ्नै अंग प्रत्यंग पढ्दै छु !!