प्रकाश आङ्देम्बे – आह ! कति राम्रो गुराँस फुल फुलेको
आह ! कति राम्रो गुराँस फुल फुलेको
रङ्गी-चङ्गी पुतलीले नाच्दै डुलेको
सानी माहुरी, हावा हुरी केहि नटेरी
बगैंचामा मख्ख परि कस्तो भूलेको
काले, सानी, भुन्टे, नानी सबै मिलेर
पानी परेपछि निलो आकाश खुलेको
असल मान्छे कस्तो हुन्छ, मान्छे ठुल्ठुला
लटरम्म पाकेर फल, भुइँमा झुलेको