Bed Mani Dahal – Garnu Bhanda Maramari (Nepali Bal Gajal)

बेदमणि – गर्नुभन्दा मारामारी

गर्नुभन्दा मारामारी, सार्है राम्रो मेल होइन र ?
हातेमालो गरि हिड्नु, धेरै राम्रो खेल होइन र ?

आकाशमा उडी हिँड्ने, चिरबिरे चरीलाई
गुलेलीले मार्नु भन्या धेरै ठुलो झेल होइन र ?

अरुलाई पिडा दिई आँफै बच्न खोजेपछि
अतिछिटो आइपर्ने पुलिसको नेल होइन र?

लाइनमा बसेपछी ढिलो चाँडो पुगिन्छ नै
मानिसलाई पछि पार्ने त्यही ठेलमठेल होइन र ?