B. J. Bantaba Rai – Mero Jhupro Chhodi (Nepali Gajal)

बि जे बान्तवा राई – मेरो झुप्रो छोडी

मेरो झुप्रो छोडी अन्तै तिमी धाउँदा खेरी रोएँ।
मेरो मायाँ तोडी अन्तै मायाँ लाउँदा खेरी रोएँ।

सुकेको पतझड़ नै भयो जिन्दगी मेरो यहाँ
हरियाली भै अरुकै छानो छाउँदा खेरी रोएँ

सं-सँगै गाएको दोहोरी र रोधी बिरानो भयो
तिमी मस्की-मस्की अर्कै भाखा गाउँदा खेरी रोएँ

मैं हुँ सम्झ्यौ भरि चुली बैंशको भराउ हुँदा
सबै रित्तिएर तिमी खाली आउँदा खेरी रोएँ।

पिछा लाग्थे संसारै तिम्रो सानु हिंजो बैँश हुँदा
ढल्की गयो बैंश आज एक्लो पाउँदा खेरी रोएँ।