Rakesh Karki – Mantri Jyu Lai Fursad Chhaina (Nepali Gajal)

राकेश कार्की – मंत्रीज्यूलाई फुर्सद छैन

झारपातको नाता पर्न मंत्रीज्यूलाई फुर्सद छैन
गरीबको झोली भर्न मंत्रीज्यूलाई फुर्सद छैन

भोकले मरोस् या बन्दुकले मरोस् देशवासी
जङ्गलमा झैँ सँगै चर्न मंत्रीज्यूलाई फुर्सद छैन

पढ्न नपाएर के भो लड्न सिकाएकै छन्
शिक्षाको ज्योति छर्न मंत्रीज्यूलाई फुर्सद छैन

बाढीले बगाओस् या भिरबाट गुल्टिउन
बाटो पुल निर्माण गर्न मंत्रीज्यूलाई फुर्सद छैन

ड्याम्म आसन ग्रहण भा छ अति आनन्द
कार्यकर्ता भेट्न झर्न मंत्रीज्यूलाई फुर्सद छैन

छाति थापे शहीद भए मंत्रीज्यूलाई बचाए
जनताको लागि मर्न मंत्रीज्यूलाई फुर्सद छैन

देश चलेकै छ हातमा, सारा आफ्नै सासमा
मलम बोकी कोशी तर्न मंत्रीज्यूलाई फुर्सद छैन