Bidhya Sapkota – Jhola

विद्या सापकोटा – झोला

सपनाको खोजीमा
रम्दै रमाउँदै
गाउँ छिचोलेर
निस्केको एउटा झोला
आइपुगेकोछ, मान्छेको बस्तीभन्दा पर
जहाँ मान्छे कम, रोवर्ट बस्छन्

देखिरहेकोछु म,
मिर्मिरेको झुल्को
कलिलो बालक घामसँगै
सपनाका नागवेली ओडेर
त्यो निस्किरहन्छ/हिँडिरहन्छ
एउटा नादान मान्छेको काँध चढेर

मृगतृष्णा
पाइतालामा बोकेर……….
सानो गोरेटो,
गाउँ खर्क

देउराली
छोडेर आएको
त्यो कसैको आस्थाको भारी
विश्वासको परिधि
सपनाको कोदाली
भविष्यको दर्पण
हिँडिरहन्छ /दौडिरहन्छ
सडक नाप्दै, पाइला गन्दै……..
गल्लिदेखि आलिशान महलसम्म
भित्ते अक्षरदेखि
अखवारका प्रंत्येक विज्ञापनसँग

अनि फर्किरहन्छ सम्साँझै,
कतै विसिइने चाहना भुलेजस्तै
परिधी नाङ्न नसकेको पीडा
विवशताको भारी
विवशताकै काँध
हराएका सपना
विर्सिएका पाइतालाका डोवहरु
गन्दै, पछ्याउदै
निरिह/थकित/चकित

सायद ,
यो शहरले उसलाई चिनेन
वा उसले शहरलाई …
देख्नेहरू हाँस्छन्, ऊ झोला छाड्दैन
म कुडिन्छु, झोलाले उसलाई छाड्दैन

एउटा प्रश्न खड्किरहन्छ,
पर्खाइको यो देउराली
अग्लिनेक्रम कहिलेसम्म ??
रसाउन सक्थ्यो पहरा
सम्याउन सक्थ्यो पहाड
साहसी त्यो ज्वालामूखी
निस्तेजीकरण

हि
ले
सम्म ?