हांगयुग अज्ञात – यो सहर
यो सहर आफू मात्रै रमाई बाँचेको
धेरैधेरै गाँऊहरू रूवाई हाँसेको
बाटुलीले भुल्न थाली पँधेरीको जून
कस्ले सक्छ उस्ले जस्तो मनको पीर छुन
रानीवनको रानीचरी पिजँडामा आयो
सपनाले हो कि हजुर केले आँसु झा-यो
काइँला पनि शरणार्थी भई आएछ
गाँऊघरको सबै दु:ख बोकी ल्याएछ
आकाशको चरा हजुर पिजँडामा आयो
सपनाले हो कि हजुर केले आँसु झा-यो ।