Sushma Manandhar – Badal Jasto

सुषमा मानन्धर – बादल जस्तो

मन
उडिरहने एक टुक्रा
बादल जस्तो
कहिले यता कहिले उता
अनि कताकता ।
सम्झेर अतीतबाट
तिमीलाई
कलमसँग डोर्याउन खोज्छु
वर्तमान किटिक्क काट्छ
भाँचिन्छ सम्झना ।
जोडेर गुँदले पत्रपत्र
यादका धारावाहिकहरु
बुच्दै । विस्रंदै
कुनै पल
टपक्क टिप्न खोज्दा
नारिएर आउने
सिंगो वर्तमान ।
अथाह समुद्र अगाडि
अझै प्यासी
आफैलाई थाहा छैन खै के खोज्छ मन
बादल झैं
वर्षिएर रित्तिएको मनभित्र
एक टुक्रा बादल
कहिले यता कहिले उता
अनि कताकता ।।।

सुषमा मानन्धर, ल.पु. कुमारीपाटी