मिना बान्तवा “मृदु” – भोटको शरणार्थी भन्दा पनि
म एकले मैना समयको शरणार्थी
मेरो भाषा मीठो छ भेष मीठो छ
तर भोटको शरणार्थी भन्दा पनि
अझैं मैले पारपाएको छुइन
भोटको शरणार्थी खेदिएर
तर म बेचिएर शरणार्थी हुदैछु
कहीले रुखको पोथ्रामा बास बस्छु
कहीले बयरको काँढा-काँढा पोथ्रामा
म एकले मैना हुँ त्यसैले
कहीले खोलाको गर्त्तीरको तीरमा
त्यो गौथलीको गुँडमा बास गर्न पुग्छु
प्राय मेरो चीनजानेकाहरु जंगलमा बस्छन्
त्यहाँ डर लाग्दा राक्क्षस जनावरहरु छन्
एक्लै हिँड्छु हुस्सुमा तेसै-तेसै
मेरो भाषा कसैले बुझ्न सक्दैनन्
नत मैले उनीहरुको भाषा नै सिक्न सक्छु
घनघोर जंगलमा उडिरहेछु आन्योलमा
मेरो त्यही जनावर विस्तारबाद साथी छन्
आज त्यहीं चराचुरुंगी र बाँदर, सिंह, नजिक छन्
झन् ठुलो पुवाखे हुचिले राक्षस टाढाबाट
माथि आकाशबाट चिहाउँदै घुमिरहेको छ छोप्नलाई
त्योबाट पनि डरै छ किन कि
अरु जन्तु भन्दा शक्तिशाली छ ऊ
त्यही नबोल्ने जंगलका रुखहरु
ठिंङ्ग उभिएर मलाई हेरीरहेछन् सधैं
सुकेको बगरको नबोल्ने ढुंगा र बालुवा बेजवाफ छन्
त्यहीँ रुख पत्झार साथी छन्
कानको जाली फाट्ने गरि चिच्याउँछन्
छेवैमा आएर मलाई चिथोर्न खोज्छन्
कहिले कहीं बाँदर राक्षास्हरु मलाई लखेट्न खोज्छन
चिच्याई चिच्याई कोतार्न खोज्छन
कहिले म उनीहरुलाई लाखेट्दै हिड्छु
तथानं हकार्दै गाली गर्दै खेद्दछु
त्यस्तै त्यस्तै क्रमले मेरो जीवन चली रहेको छ
युगौँ-युगदेखिं युगौ-युगदेखिं
म दुइ ढुंगाको बीचमा बाँचेकी निर्दोष मैना
किनकि मलाई एक्लो देख्छन् कम्जोर देख्छन्
म अलिक पर सर्न खोज्छु
भागी जोगीई हिँड्न खोज्छु
तर फेरि बाँदरहरुले छेवैमा आई
चिच्च्येरा मेरो सातै खाई दिन्छन्
त्यसैले बाद्य आफू तयारी हुनु पर्ने छ
आज म दोस्रो विस्व युद्द देखिन्
तेस्रो विस्व युद्दमा प्रेवेश गर्न तयार हुँदैछु
म अव मेरो भिमसेनको त्यही तरवार र ढाल खोज्दैछु
मेरो गोर्खाली खुकुरीमा सान पाईन् हाल्दैछु
खोड़ा, खंजर, गोला, बारुद, तयार पर्दैछु
त्यसैले बाद्य हुन बाद्य छु!
त्यसैले बाद्य हुन बाद्य छु!!
झापा नेपाल
हाल इजरायल