रात पर्यो, सुत्छु आमा
बिहान त होला,
त्यो घामले यो अँध्यारो
छिनभर धोला;
त्यसैले त मेरो मनको
रुँदै बग्छ खोला-
सपनाको त्यो बिहान
कैले खुल्छ होला –
त्यो बिहान मेरो, आमा
त्यो प्रभातफेरी,
अस्ताउने छैन रे जो
उदायो कि फेरि !
त्यो सुनको दिन मेरो
मेरै त्यो बिहान,
त्यही क्षण हेर्नलाई
साँचेको यो ज्यान ।
२०५९ वैशाख १०