Bidhya Sapkota – Apthyara Ti Goreta Haru [Nepali Gajal]

अप्ठेरा ती गोरेटाहरु पार गर्दै आएको छु
समयको कस्तो संयोग तिमीलाइ पाएको छु ॥

साटिन्न भन्थें कसैसँग, तिम्रो नाममा अनायासै
साक्षि राखि जुनतारा कसम मैले खाएको छु ॥

निस्सार अनि शुन्य लाग्थे रनवन, तिम्लाइ भेटेँ
बहार छायो कोइलीसँगै गीत मैले गाएको छु ॥

मायाका यि वस्तीवीच तिमी साथमा भएपछि
फुल्नै परेन सबैतिर, बास्नासरी छाएको छु ॥

तिम्रो यादमा डुब्दाडुब्दै बिर्सिएछु सारा संसार
तिमी हात दिन्छौ दिन्नौ. चोखो माया लाएको छु

One thought on “Bidhya Sapkota – Apthyara Ti Goreta Haru [Nepali Gajal]”

Comments are closed.