Rajab – Marx Ko Khushi

कमरेड
मलाई नै पछाडि छाडेर
मेरो नाममा धेरै अगाडि बढेछौ
र यत्ति धेरै जग्गा–जमीन
घर घडेरी
टिभी, डेक, फ्रिज, जर्मन कार
शेयर, व्यापार, ठेक्का, पट्टा
सत्तामा गएपिच्छे जोडेछौ,
मलाई चाहिँ जे भएपनि
आफ्नू बैठकमा झुण्ड्याएकै छौ,
यत्ति भनेर माक्र्स फेरि
आफ्नू चिहानतिर फर्किए