Baidyanath Upadhyaya – Swabhab

वैद्यनाथ उपाध्याय – स्वभाव

वृक्ष
पशु-पक्षी
आकाश-धरती
मान्छे
सब साथ छ।

फुल फुल्दछ
रुख बढदछ
नदी बग्दछ
चराले गाँउछ
स्वभावत
सबथोक हुँदै जान्छ।
कहीं हो-हल्ला छैन
आपत्ति छैन

बस
यहाँ मान्छे
जहाँ असन्तोष छ
कोलाहल छ
आफैं सबथोक गर्ने
दंभ गर्दछ
अनि
बेचैन रहन्छ।

वैद्यनाथ उपाध्याय
उदालगुडी, असम।