रत्न प्रजापति – फागुको रङले तरङ्गएिको मन
उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको ।
देशमा द्वन्द्व चर्किर्एपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्यो र बाँच्नका लागि खानै पर्यो । अनि खानका लागि कमाइ हुनै पर्यो तर उनीहरूको भरपर्दो कमाइको स्रोत केही पनि थिएन सहरमा । लोग्नेस्वास्नी एउटा कोठा भाडामा लिएर बसेका थिए । त्यही कोठाको भाडा पनि समयमा तिर्न नसकिने स्थिति उत्पन्न हुँदै गइरहेको थियो उनीहरूको । लोग्ने दिनभरि काम खोजेर साँझ लखतरान भएर कोठामा र्फकन्थ्यो र दुखी समाचार सुनाउँथ्यो- आज पनि कतै कामको कुरो मिलेन । सुनेर ऊ पनि दुखी हुन्थी तर केही गर्न सक्दिनथी । अनि ऊ चुप लागेर लोग्नेको मुख हेरेर टोलाएर बस्थी ।
उनीहरूको भर्खरै बिहे भएको थियो । त्यसैले बाँच्नेक्रममा आˆनो गरिखाने घरखेत र गाउँ छोडेर सहर पस्दाको दुःख त थियो नै तर लोग्नेस्वास्नीको आत्मीय प्रेमको सुख पनि साथै थियो । विरानो सहरमा बेरोजगार भई बस्नु पर्दाको दुःख जतिसुकै भए पनि लोग्नेस्वास्नी सँगै भइसकेपछि उनीहरूले सारा दुःखलाई बिर्सेर प्रेम गर्न भने कहिल्यै भुलेनन् । लोग्नेको मीठो स्पर्श मात्रैले ऊ सारा दुःख बिर्सन्थी भने उसको उस्तै मीठो समर्पणले उसको लोग्नेले पनि आˆना सारा तनावहरू बिर्सन्थ्यो ।
दिनहरू यसैगरी बित्दै गए । एक दिन उसको लोग्नेले एउटा प्राइभेट कम्पनीमा जागिर पायो । जागिर पाएको खुसीमा उसको लोग्नेले त्यस दिन एक जना साथीसित सापटी मागेरै भए पनि आधा किलो मासु लिएर आयो । त्यो दिन उनीहरूका लागि ठूलो खुसीको दिन भयो । सहर पसिसकेपछि त्यसै दिन मात्रै उनीहरूले सुखको अनुभूति गरे । सोचे – अब जिन्दगीको नाउ सहज ढङ्गले चल्नेछ ।
चल्दै गयो जिन्दगीको नाउ तर अब जिन्दगीको नाउ जसरी चल्छ भनेर उनीहरूले सोचेका थिए, त्यसरी भने चल्न सकेन । प्राइभेट कम्पनीको जागिरको सीमित कमाइले सहरको जिन्दगी त्यति सहज ढङ्गमा चल्नु सम्भव पनि थिएन । हरेक कुरामा महँगी यसरी चुलिएको थियो, त्यो चुलीलाई उसको कमाइले कहिल्यै भेट्न सकेन । त्यसैले उनीहरूको जिन्दगीलाई फेरि पनि अभावले लखेट्न छोडेन । अभावको अघिअघि भाग्दाभाग्दै सहरको जिन्दगीले केही महिना पार गर्यो । यसैबीच ऊ उनीहरूको गहिरो प्रेमको प्रतिफलस्वरूप आमा बन्ने भई तर जिन्दगीमा पहिलोपटक प्राप्त यस्तो खुसीको बेलामा पनि उनीहरू खुलेर खुसी हुन सकेनन् किनभने अभावको पीडाले उनीहरूलाई कताकता घोचिरहेको थियो ।
‘के छ र जिन्दगी, यसैगरी बिताइदिन्छु ।’ कुनै कविको कविताको अंश हो यो । उनीहरूले पनि यही कविताजस्तै उसैगरी जिन्दगी बिताउने अठोट नगरेका होइनन् तर अभावको पीडाले कहिलेकहिले कताकता दुख्न भने छोडेन उनीहरूको जिन्दगीमा । अनि यही दुखाइ कम गर्न एक दिन उसको लोग्नेले धेरै कमाइ हुने आशामा काम गर्न विदेश जाने निधो गर्यो ।
अरूले जस्तै उसको लोग्ने पनि साथीभाइ र आफन्तसँग ऋणपान गरेर अरू धेरै जनासित काम गर्न विदेश गयो । दुई जीउ भएकी उसलाई एक्लै छोडेर उसको लोग्ने विदेश गयो । लोग्ने विदेश गएको दुई महिनामै उसले छोरा जन्माई । तथापि छोरो जन्मिएको खुसीमा रम्न उसले आˆनो तन र मन दुवै मिल्ने साथी पनि पाइन । लोग्ने सँगै हुँदो हो त उनीहरू कति खुसी हुँदा हुन् । लोग्ने साथमा नभएको हुँदा सँगैको कोठामा भाडामा बस्नेहरूले नै उसलाई मद्दत गरे र उनीहरूसितै उसले आˆनो खुसी बाँडी । यो खुसी कागजमा लेखेर उसले लोग्नेसम्म पुर्याई । लोग्नेले पनि विदेशमै पटकपटक त्यो कागजलाई चुमेर आˆनो खुसी प्रकट गर्यो ।
लोग्नेले विदेशबाट कमाइ गरेर पठाएपछि उसलाई बाँच्नका लागि नभई नहुने धनको अभाव भएन । तैपनि कुनै कुराको अभावको महसुस भने हुन छोडेन । सायद त्यो कसैको तनको अभाव थियो र मनको अभाव थियो । एउटा त्यस्तो तन जससित अँगालोमा बाँधिएर सुखदुःख बाँड्न सकियोस् र त्यस्तो मन जससित छातीभित्रबाट अटेसमटेस गर्दै उर्लिएर आउने भावनाहरू साट्न सकियोस् । हो, उसलाई त्यस्तै तन र मनको अभाव महसुस हुनथाल्यो ।
दुई वर्ष भएछ उसले लोग्नेलाई नछोएको र उसको लोग्नेले उसलाई नछोएको । एकले अर्कोलाई छुँदा पनि कस्तो मीठो तृप्ति मिल्थ्यो त्यसबेला । उसले त्यो तृप्ति नपाएको पनि दुई वर्ष भएछ । अहिले फेरि उसका हातका औँलाहरू सलबलाउन थालेका छन् लोग्नेलाई स्पर्श गर्नलाई । उसैगरी उसको शरीरका अङ्गअङ्गहरूमा लोग्नेले स्पर्श गर्दाका काउकुतीको अनुभव हुन थालिरहेछ उसलाई तर खोई उसले लोग्नेलाई एकपटक यसो छुन पाएको ? अनि खोइ उसको लोग्नेले उसका काउकुती लाग्ने अङ्गहरूमा सुस्तरीसुस्तरी स्पर्श गरेको ? एकले अर्कोलाई स्पर्श गर्ने कुरा सोचेर अझ भनुँ सम्झेर ऊ भित्रभित्रै रोमाञ्चित हुन थालेकी छ । ऊ सोच्न थालेकी छ- एकले अर्कोलाई एकपटक पनि नछोइकन कसरी बिते यी दुई वर्ष ?
ऊ सोच्न थालेकी छ- कस्तो अनुभव हुन्छ होला अब लोग्नेमान्छेलाई छुँदा ? अथवा लोग्नेमान्छेले आफूलाई छुँदा ? यस्तो सोचेर मात्रै पनि ऊ रोमाञ्चित भई । लाजले उसको शरीर खुम्चेजस्तो भयो । शरीरको कोमल अङ्गमा कसैले स्पर्श गरेजस्तो लाग्यो । कताकता काउकुती लागेजस्तो भयो । अनि ऊ खितखिताएर हाँसी ।
‘किन हाँस्नु भो भाउजू ?’ सँगैको कोठामा बस्ने तन्नेरी लोग्नेमान्छेले ऊ हाँसेको सुनेर सोध्यो ।
ऊ झसङ्ग भई । हाँस्नका लागि कोठामा ऊबाहेक अरू कोही थिएन । उसको छोरो आनन्दले सुतिरहेको थियो । अब किन हाँसेको भन्ने ? ऊ अलमल्ल परी । अनि एकछिन् सोचेर भनी, ”यत्तिकै ।”
‘ए.. ।’ उता कोठाबाट लोग्नेमान्छेले यस्तो भनेको सुनियो । ऊ भने भर्खरै आफू एक्लै हाँसेको र लोग्नेमान्छेले सुनेको कुराले झनै रोमाञ्चित भइरही ।
अब उसको मन त्यही लोग्नेमान्छेतिर एकोहोरिन थाल्यो । त्यो लोग्नेमान्छेलाई लिएर ऊ केके कुरा सोच्न थाली । मैले उसलाई छोएँ भने कस्तो अनुभव हुन्छ होला ? उसले यस्तो सोची । मैले छुँदा उसको प्रतिक्रिया कस्तो हुन्छ होला ? उसले यस्तो पनि सोची । ऊ अब यस्तैयस्तै मात्र सोच्नथाली । ऊ लोग्नेमान्छेलाई छुन आतुर हुनथाली ।
ऊ बाहिर घाममा निस्की । त्यो लोग्नेमान्छे पनि बाहिर घाम तापिरहेको थियो । त्यसलाई देखेर ऊ एकपटक झस्की । दुवैका आँखा जुधे । अनि अघिको कुरा सम्झेर ऊ फेरि एकपटक फिस्स हाँसी । त्यो लोग्नेमान्छे पनि हाँस्यो । उसलाई कताकता लाज लागेजस्तो भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । अनि त्यो लोग्नेमान्छे निहुरिरहेको मौका पारेर उसले त्यसलाई नियालेर हेरी । त्यो लोग्नेमान्छे साँच्चै नै सुन्दर थियो । त्यसका बलिष्ठ बाहु, चौंडा छाती र कस्सिएका तिघ्राले उसलाई निकै आकषिर्त गर्यो । उसले ख्यालै गरेकी रहिनछ त्यो लोग्नेमान्छे त्यति लोभलाग्दो रहेछ ।
उसको भित्री मनमा कताकता एकपटक त्यही लोग्नेमान्छेलाई छोइ हेर्न रहर लाग्यो तर के भनेर छुने ? ऊ अलमलमा परी । फेरि छोएर मात्रै के नै पो हुन्छ र अलिकति यसो छातीमा मुख लुकाउन पाए पो ऊ सोचमग्न हुनथाली । अनि उसले यस्तो पनि सोची- उसको मनमा यस्ता भावनाहरू किन आइरहेछन् ? किन लोग्नेमान्छेलाई छुने रहर लागिरहेछ उसलाई ? किन लोग्नेमान्छेको स्पर्श पाउने रहर लागिरहेछ उसलाई ? यो कस्तो तृष्णा जागिरहेछ उसलाई ? आˆनो लोग्ने आफूसित नहुँदा सबै स्वास्नीमान्छेलाई यस्तै हुन्छ ? ऊ मनमनै आफैँलाई प्रश्न गरिरहेकी छे ।
उसले विदेशमा रहेको आˆनो लोग्नेलाई सम्झी तर उसको आँखामा लोग्नेको तस्बिर आएन । बरु त्यही लोग्नेमान्छेको तस्बिर आयो उसका आँखामा । ऊ झसङ्ग भई । यो के भयो मलाई ? उसले आफैँलाई प्रश्न गरी । अनि फेरि उसले आँखा चिम्म गरी र आˆनो लोग्नेलाई सम्झी । फेरि पनि उसको आँखामा त्यही लोग्नेमान्छे नै देखापर्यो । त्यसपछि भने उसको मुटुको धड्कन तेज हुनथाल्यो । कुन्नि यो के हुनथाल्यो उसलाई ।
अब भने उसलाई एकपटक त्यो लोग्नेमान्छेलाई नियालेर हेर्न मन लाग्यो । उसले त्यो लोग्नेमान्छेको कोठाको ढोकाबाट भित्र चियाएर हेरी । त्यो लोग्नेमान्छे किताब पढिरहेको रहेछ । त्यसले उसलाई देख्यो र भन्यो- ”किन त्यहाँ उभिइराख्नुभएको, भित्रै आउनुस् न ।”
आफूले लुकीलुकी हेरेको त्यो लोग्नेमान्छेले थाहा पाएको हुँदा उसलाई निकै अप्ठ्यारो लाग्यो । मुटुको धड्कन झन् तेज भयो । उसलाई के गरुँ के गरुँ भयो । लोग्नेमान्छे मात्रै बसेको कोठामा ऊ भित्र पस्नु हुन्छ कि हुँदैन भन्ने कुरा उसले सोच्नै भ्याइन । त्यो लोग्नेमान्छेको बोलीले तानिएझैँ ऊ खुरुखुरु कोठाभित्र पसी तर ऊ त्यहाँ उभिइरहन सकिन । उसको मुटुको धड्कन एक्कासि बढेर आयो र उसलाई उकुसमुकुस हुनथाल्यो । अनि त्यो लोग्नेमान्छेले केही भन्नुभन्दा अघि नै ऊ त्यहाँबाट दौडिँदै आˆनै कोठामा पुगी र ढ्याम्म ढोका लगाई । छोरालाई सुताइराखेको खाटमा ऊ पनि डङ्रङ्ग पल्टी र छातीमा हात राखेर छिटोछिटो सास फेर्न थाली ।
‘हे भगवान्, मलाई यो के हुन लागिरहेछ ?’ यसो भनेर उसले एक छिन आँखा चिम्म गरी र फेरि खोली । यसपटक उसको आँखा भित्तामा झुण्डिरहेको लोग्नेको तस्बिरमा पर्यो । अनि ऊ एकछिनसम्म त्यही तस्बिर हेरेर टोलाइरही । उसलाई आˆनो लोग्नेको अनुहार अरू बेलाभन्दा बढी मायालाग्दो लाग्यो ।
एकातिर लोग्नेमान्छेको स्पर्श पाउने रहर र अर्कोतिर आˆनै आँखामा आˆनो लोग्ने परपर र त्यो लोग्नेमान्छे आफ्नो वरवर आइरहनुको डरले गर्दा ऊ सोचमग्न हुनथाली । अनि एकातिर छातीभित्र भावनाको भुसे आगो विस्तारै बल्दै गइरहेछ भने अकोतिर चिन्ताले मुटु जल्दै गइरहेछ । यसैले गर्दा उसलाई बिसन्चो महसुस हुनथाल्यो । ऊ विस्तारै आफैँभित्र हराउन थाली । हिजोअस्तिसम्म वास्तै नगरेको त्यो लोग्नेमान्छेको बारेमा पनि अब उसले बेलाबेलामा सोच्नथाली ।
उसको केही बद्लिएको र अनौठो व्यवहार देखेर त्यो लोग्नेमान्छेले पनि उसलाई अनौठोसित हेर्नथाल्यो । त्यसको मनमा पनि उसका बारेमा विभिन्न भावनाहरू आउन थाले । उसको व्यवहारप्रति त्यो लोग्नेमान्छेलाई चासो लाग्नथाल्यो । ऊ भित्रबाहिर गर्दा त्यो लोग्नेमान्छेले उत्सुकतापूर्वक उसलाई नियाल्न थाल्यो । स्वास्नीमान्छेलाई देखेर अथवा नजिक पाएर हरेक लोग्नेमान्छेको मनमा उठ्ने तरङ्ग र भावनाहरू त्यो लोग्नेमान्छेको मनमा पनि आउन थाले । अनि त्यसले अनेक उपायले उससित नजिक हुने प्रयत्न गर्न थाल्यो ।
उसलाई पनि त्यो लोग्नेमान्छे आफूसित नजिक हुन खोजिरहेको आभास हुनथाल्यो । कताकता ऊ स्वयं पनि त्यो लोग्नेमान्छेको नजिक हुँदै गएकी हो कि जस्तो लाग्नथाल्यो । यसरी दुवै जनामा जानीनजानी नजिक हुने क्रम चली नै रहृयो । एकआपसमा विस्तारैविस्तारै नजिक हुँदाहुँदै फागु पूणिर्माको दिन फागु खेल्ने निहुँमा उनीहरूको जम्काभेट भयो र जेजे हुनुपर्ने हो त्यही दिन भयो ।
फागु पूणिर्माको दिन । बिहानैदेखि केटाकेटीहरू लुकेर लोला र पिच्कारीले हान्ने, रङ दल्ने र पानी छ्याप्ने गरिरहेका थिए । घरको छतमा बसेर सँगैको घरका छतहरूमा लोला हान्ने क्रम निरन्तर चलिरहेको थियो । विशेषगरी केटाकेटी र युवायुवतीहरू फागुको रङमा रमाइरहेका थिए । मध्यान्ह भएपछि घरका गृहिणीहरू पनि घरधन्दा सकेर केटाकेटी र युवायुवतीसँगै फागु उत्सवमा सामेल हुनथाले । एकले अर्कालाई रङ दलिदिने र पानी छ्याप्ने तथा बाल्टिनबाट जीउभरि पानी खन्याइदिने काममा सबै उमेरका मानिसहरू सहभागी हुनथाले । कहिले लुक्दै, कहिले छल्दै र कहिले भाग्दै रङ र पानी छ्याप्दै रमाइलो गर्ने क्रम चलिरहृयो ।
त्यो लोग्नेमान्छे पनि विभिन्न रङहरूले रङ्गिइसकेको थियो । त्यसको हातमा पनि रङको पोको थियो र कसलाई दलिदिउँ भनेर मौका हेरिबसेको थियो । यता ऊ पनि झ्यालको पर्दापछाडिबाट बाहिरको रमिता हेरिरहेकी थिई । अरू रमाएको देखेर उसलाई पनि त्यो रङ र पानीको रमाइलो खेलमा सामेल हुन रहर लागिसकेको थियो । तैपनि रङ खेल्नुभन्दा त्यो रमाइलो हेर्ने मनसाय लिएर ऊ कोठाबाट बाहिर निस्की । ऊ बाहिर निस्कनेबित्तिकै अघिदेखि मौका पर्खिबसेको त्यो लोग्नेमान्छेले उसलाई रङ दलिदिने प्रयास गर्यो । ऊ भागेजस्तो गरेर आˆनै कोठाभित्र पसी । त्यो लोग्नेमान्छेले भने उसको पिछा छोडेन र कोठाभित्रैसम्म आएर उसलाई गालाभरि रङ दलिदियो । उसले पनि दुई हातले छेकेजस्तो गरिरही तर त्यसले भने रङ नदली छोडेन । उसको हात समातेरै भए पनि दुवै गाला राताम्मे हुनेगरी त्यसले रङ दलिदियो ।
त्यो लोग्नेमान्छेले त्यसरी जबरजस्ती रङ दलिदिँदा उसलाई रिस उठ्नुपर्ने हो तर उठेन । त्यो लोग्नेमान्छेले उसको गालामा हात रगडीरगडी रङ दलिदिँदा र उसको हात पन्छाउने क्रममा उसको हात बेसरी अँठ्याउँदा उसलाई धेरै दिनपछि एक किसिमको आनन्द र तृप्ति मिलेजस्तो भयो । त्यो लोग्नेमान्छेको हातको स्पर्शले उसलाई असीम सुखद अनुभूति भयो । उसलाई धेरै दिनदेखि नपाएको कुरा बल्ल पाएजस्तो भयो । उसलाई एकदमै सन्चो अनुभव भयो । जुन कुराको उसलाई धेरै दिनदेखि प्रतीक्षा थियो, त्यो आज पूरा भएजस्तो लाग्यो । धेरै दिनदेखि लोग्नेमान्छेलाई छोएर सुखद अनुभूति प्राप्त गर्ने उसको मनको रहर पनि आजै पूरा भयो । त्यसैले ऊ भित्रभित्रै खुसी भई ।