रत्न प्रजापति – सडकबासी
(नेपाल साप्ताहिक)
“यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!”
पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि दुई साता उसले पाँच महिनाको भाडाबापत घरबेटीलाई तिर्नुपर्ने पाँच हजार रुपियाँ सापटी खोज्दाखोज्दै बितेको थियो र ती पाँच दिन कति छिट्टै बिते उसलाई पत्तै भएन ।
आजै बिहान ऊ घरबाट निस्कने बेलामा घरबेटीको त्यो चेतावनी मनमा सम्झिदैँ सम्झिदैँ निस्केको थियो । अनि मनमनै अठोट पनि गरेको थियो- आज त जसरी भए पनि पाँच हजार रुपियाँ सापटी मागेर त्यो कन्जुस घरबेटीको घरभाडा त्यसको छातीमै फालिदिन्छु । अति नै गर्यो त्यसको गनगनले ।
हुन त हिजोअस्ति पनि ऊ यसरी नै मनमा अठोट गरेर निस्कन्थ्यो, जोसँग भए पनि पाँच हजार रुपियाँ सापटी मागेर घरभाडा चुक्ता गरिदिन्छु । तर, उसले त्यो पाँच हजार सापटी कसैबाट पाउन सकेको थिएन । सापटी माग्न जाँदा चिनेजानेका साथीहरूले उसलाई चियाचमेना खुवाए । कसैले भातै, कसैले टन्न जाँड पनि खुवाए तर उसलाई पाँच हजार रुपियाँ सापटी कसैले दिएनन् । सबैले एउटा न एउटा बहाना बनाएर टारे । उसलाई त्यो पाँच हजार रुपियाँ कसैबाट प्राप्त हुन सकेन । सबैतिरबाट ऊ निराश भएर फक्र्यो । कसैले उसलाई पत्याएनन् ।
अलिकति पैसा पठाइदिनू भनेर उसले घरमा खबर पनि पठाएको थियो तर त्यसको जवाफ यसरी आयो कि त्यसपछि उसले घरमा पैसा माग्नै छाड्यो । घरमा उसका बूढा बाबु, आमा र बिहे गर्न हतार भएकी एउटी बहिनी थिई । अलिकति पैसा मागेको जवाफमा बाबुले यस्तो खबर पठाएका थिए, “तँलाई जन्माएदेखि जति दिन पाल्नुपर्ने हो दुःखसुख गरेर पालिसक्यौँ । अब हामी तँलाई पाल्न सक्दैनौँ । अब त तेरो पालो हो हामी बूढाबूढीलाई पाल्ने । अब तँ हामीबाट पैसाको आश नगर बाबू † बरु सक्छस् भने अलिअलि घर्रखर्च पठाइदिनू ।”
हुनलाई त ऊ रोजगार नै थियो । एउटा प्राइभेट कम्पनीको मार्केटिङ् अफिसर थियो ऊ । तलब राम्रै पाइरहेको हुँदा उसको जीवन राम्रैसित चलिरहेको थियो । समयमा भाडा बुझाउँदा उसको घरबेटी पनि खुसी नै थियो । उसकी एउटी प्रेमिका पनि थिई, जो साँझबिहान उसलाई फोन गर्थी र कहाँ, कहिले र कतिखेर भेट्ने भनेर सोधिरहन्थी । ऊ अफिसबाट र्फकंदा उसकी प्रेमिका बाटोमा उसलाई कुरेर बसिरहेकी हुन्थी । अनि, दुवै जना कहिले कतै पार्कमा, कहिले कुनै रस्टुराँमा गएर कफी पिउँदै अथवा मःम खाँदै मीठोमीठो गफ गरेर समय बिताउँथे । यस्तो बेलामा उसकी प्रेमिका उसलाई खुब माया गरेजस्तो गर्थी । उससित लाडिन्थी । उससित टाँस्सिन्थी र उससित रत्तिन्थी । उसलाई नै आफ्नो जिन्दगी हो भन्थी र र्सवस्व उसलाई सुम्पन्थी । अनि, ऊ पनि प्रेमिकाको र्सवस्व ग्रहण गरेर त्यसको राम्रोसित उपभोग गथ्र्यो । अनि त उसकी प्रेमिका खुसी र ऊ झनै खुसी ।
जब देशमा सशस्त्र द्वन्द्व सुरु भयो, तब व्यापार व्यवसाय घट्दै गयो । चलिरहेका उद्योगधन्दाहरू क्रमशः बन्द हुनथाले । यसै क्रममा उसले काम गर्ने कम्पनी पनि निरन्तर घाटामा गएर बन्द गर्नुपर्ने अवस्थामा पुग्यो । कम्पनी बन्दसँगै उसको रोजगारी पनि बन्द भयो । कति प्रयास गर्दा पनि उसले रोजगारी पाउन सकेन । रोजगारको खोजीमा उसले निरन्तर जुत्ता खियाइरह्यो ।
देशमा चलेको सशस्त्र द्वन्द्वको प्रभाव आममानिसजस्तै उसलाई पनि पर्यो । मुख्य कुरो त उसको छँदाखाँदाको रोजगारी गुम्यो । यसले उसको जिन्दगीमा पनि परविर्तन आयो । शान्त र व्यवस्थित जिन्दगीमा एक्कासि अभावको आँधी चल्यो । अभावग्रस्त जिन्दगीदेखि तर्सिएर अथवा भनौँ अब ऊसँग आफ्नो भविष्य सुरक्षित हुने नठानेर अथवा आफ्नो आवश्यकता शारीरकिबाहेक अरु पूरा हुने नठानेर आफ्नो र्सवस्व सुम्पने उसकी प्रेमिका पनि परविर्तित भई । हेर्दाहेर्र्दै उसकी प्रेमिकाले कुनै एउटा प्राइभेट ब्याङ्कको जागिरे, पल्सर बाइकवाला केटालाई आफ्नो प्रेमी बनाई र उसकै अगाडि बाइकमा त्यो केटाको पिठ्यूँमा लपक्क टाँस्सिएर हुइँकिन थाली । त्यो देखेर उसलाई यति रसि उठ्यो, त्यसको घाँटी निचोरेर मारूँजस्तो लाग्यो । तर, उसले त्यसो गर्न सकेन । ऊ विवश थियो । किनभने, कमजोरी त उसकै थियो । उसको कमजोरी भनेको प्रेमिकाको भौतिक आवश्यकता पूरा गर्न नसक्नु थियो ।
समाजमा धेरै स्वास्नीमान्छेहरू यस्ता हुन्छन्, जो आफ्नो पुरुषले जतिसुकै भौतिक सुखसुविधा दिए पनि शारीरकि सुख दिन सकेन भने त्यस्ता पुरुषलाई नामर्द सम्झन्छन् । तर, उसकी प्रेमिका अलि भिन्न स्वभावकी र आधुनिक खालकी परी । उसलाई शारीरकि सुखसँगसँगै भौतिक सुख पनि बराबर चाहिने हुँदा उसबाट त्यो सम्भव नदेखेर उसले आफ्नो प्रेमी नै परविर्तन गरी । निश्चय नै दोष उसैको हो । बेलाबेलामा सिनेमा, पिकनिक र पार्टीमा जानका लागि अथवा नगरकोट, धुलिखेल र ककनीको लामो सफरमा सररर घुम्नका लागि एउटा पल्सर बाइकको त कुरै छोडौँ, जिउनका लागि नभइनहुने एउटा नाथे जागिर पनि नभएको बबुरोसित कसले प्रेम गरेर बसोस्
बेरोजगार भएपछि त साथीहरूले पनि विश्वास गर्न छाड्दा रहेछन् † पाँच हजार रुपियाँ सापटी माग्दा पनि अनेक बहाना गरेर टारे ।
मनमा यस्तै तीतो अनुभव बोकेर ऊ एउटा साथीको डेराबाट निराश हुँदै फर्किंदै थियो । हिँड्दाहिँड्दै उसलाई एक्कासि घरबेटीको चेतावनी सम्झना भयो, “असार १५ गते आइतबारसम्ममा भाडा चाहिन्छ … होइन भने… !” ऊ झल्याँस्स भयो । गर्नैपर्ने जरुरी काम गर्न बिर्सिराखेजस्तो एउटा ठूलो कर्तव्यबोध भएजस्तो भयो उसलाई । चिन्ताले ग्रस्त बनाउन थाल्यो उसलाई । चिन्तित हुँदै उसले फेरि एकपटक घरबेटीका वाक्यलाई दोहोर्याएर सम्झ्यो । जसरी पनि उसले आज घरभाडा तिर्नैपर्छ । होइन भने …! होइन भने के गर्छ त्यो घरबेटीले ? होइन भने उसलाई कोठाबाट निकालिदिन्छ । होइन भने उसका सामानहरू बाहिर फालिदिन्छ । होइन भने ढोका नै खोलिदिँदैन । ढोका नै खोलिदिएन भने कसरी घरभित्र पस्ने ?
यस्तैयस्तै सोच्दैसोच्दै ऊ हिँडिरहेको थियो । हिँड्दाहिँड्दै उसको मनमा यस्तो सोच आयो कि आज कोठामै नजाऊँ ! कोठामै नगएपछि टन्टै खत्तम ! भोलि जे पर्लापर्ला । तर, यसो भनेर यो राती हुँदो कसकहाँ शरण पर्न जाने ? उसको जाने ठाउँ पनि कतै बाँकी थिएन । साथीभाइ र चिनेजानेका भएसम्म सबैकहाँ उसले पाहुना लागेर रात काटिसकेको थियो । यति छिट्टै दोहोर्याएर पाहुना लाग्न कसकहाँ जानूँ ? कसैकहाँ जानु उचित लागेन उसलाई । त्यसैले आफ्नै कोठामा नगई सुखै भएन उसलाई ।
बाध्य भएर फेरि घरबेटीकै बारेमा सोच्न थाल्यो, कसरी मनाउने ? ऊ सडकको पेटीमा थचक्क बस्यो । तत्काल उसको मनमा केही उपाय सुझेन । भएसम्मका उपायहरूको उपयोग उसले पहिले नै गरसिकेको थियो । अब अरू केही उपाय बाँकी थिएन । ऊ डराउन थाल्यो, कतै घरबेटीले मालसामान बाहिर फालिदियो भने ? कसरी सहनु यस्तो बेइज्जती ? त्यसैले उसले अन्त्यमा हार मानेर एउटा निष्कर्षनिकाल्यो, ‘अरू केही दिन पर्खिदिनू भनेर हात जोड्छु, विनम्रतापूर्वक अनुरोध गर्छु त्यतिले पनि मानेन भने त्यो घरबेटीको पाउ पर्छु’ यस्तो सोच्दासोच्दै ऊ कल्पनामा हराउन थाल्यो । कल्पनामा उसले देख्यो, ऊ घरबेटीको खुट्टा समातेर भनिरहेछ, “घरबेटी साहुजी, अरू केही दिन पर्खिदिनूस्, म जसरी भए पनि तपाईंको भाडा तिर्छु” अनि, घरबेटीचाहिँ उसको पाखुरा समातेर उसलाई उठाउँदै भनिरहेछ, “यति सानो कुरामा पनि पीर मान्नुपर्छ र ! जतिखेर हुन्छ त्यतिखेर तिरे भइहाल्छ नि !” अनि ऊ दङ्ग पर्यो कति महान् घरबेटी भन्दै ।
एक्कासि उसको कल्पना भङ्ग भयो । कतिबेर अघिदेखि नै उसको एउटा साथीले उसलाई झकझक्याइरहेको रहेछ । “ओ महाशय, कुन सपनाको दुनियाँमा हराइरहेको थिइस् यो सडकको पेटीमा बसेर ?” उसको साथीले अलिकति ठट्टा गर्दै सोध्यो । साथीको ठट्टा पनि उसलाई बेसरी बिझायो र उसले गम्भीर भएर भन्यो, “के गर्नु यार, सपनामै त रमाउनु रहेछ हामीजस्ताको जिन्दगीमा, विपनाले त बिझाइरहन्छ ।”
अनि, उनीहरू यसरी वार्तालाप गर्न थाले- “कविता नसुना न यार, कविता सुन्ने मुड छैन । बरु भन् न, किन यहाँ यसरी बसिरहेको ?”
“दिक्क लागेर ।”
“किन दिक्क लाग्यो त ?”
“घरभाडा नतिरेको पाँच महिना भयो । धेरैसित सापटी मागेँ, कसैले पत्याएनन् । घरबेटीले आजै भाडा बुझाउनु भनेर चेतावनी दिएको छ । त्यसै भएर दिक्क लाग्यो ।”
“यो समस्या तेरो मात्रै होइन । मैले पनि भाडा नतिरेको तीन महिना भइसक्यो । कोठामा गयो कि घरबेटीले भाडा मागेर हैरान पार्छ । एउटा न एउटा बहाना गरेर टार्दै आएको छु । उता आफू काम गर्ने कारखानामा मजदुर हडतालले गर्दा उत्पादन बन्द भएको भन्दै तलब नदिएको पनि चार महिना भइसक्यो । यस्तै हो हामीजस्ता न्यून र मध्यम वर्गीयको समस्या ।”
“के गर्ने त यार ?”
“यसो गरौँ, आज कोठामा नजाऔँ । टन्न जाँड खाऔँ र रातभरि सडकमै सुतौँ । अनि, बिहान सबेरै उठेर हिँडौँ । सडक सबैको साझा हो, यहाँ सुतेको भाडा लाग्दैन ।”
“तर, पैसा छैन, जाँड कसले खुवाउँछ ?”
“त्यसको चिन्ता किन, उधारो खाऔँला ।”
“कसले दिन्छ उधारो ?”
“सबैले दिन्छन् । यहाँ चामल उधारो दिँदैनन्, नून उधारो दिँदैनन् तर जाँड सबैले उधारो दिन्छन् ।”
“किन ?”
“यसको उत्तर मलाई पनि थाहा छैन ।”
त्यसपछि उनीहरू कुनै भट्टीपसलमा गए । साहुनीसित जिस्किँदै टन्न जाँड खाए । जाँडले मातेर ढुनमुनिँदै सडकमा आए र सडकको एक छेउमा थचक्क बसे । अनि, कोही कसैको वास्ता नगरेर मुढाझैँ त्यहीँ लम्पसार परे ।
भोलि फेरि आउँछ, घरबेटीको भाडाको तरबार उनीहरूको घाँटीमा फेरि तेर्सिन्छ । तर, यतिखेर उनीहरू निश्चिन्त छन् । लाग्छ, उनीहरूले फेरि त्यस भोलिको सामना गर्नै पर्दैन ।
नेपाल साप्ताहिक
अंक ३०२