Sarubhakta – Kathghara Ko Mrityudanda

गौंडा कुरेर
धनधान्याञ्जल महायज्ञ यात्राहरुमा
स्याल आक्रमण हुँदा
केही सुराकीहरु
इहलौकिक सब वेहसमा वेचिरहेछन्
स्वास्थ्यवर्धक च्यवनप्रासहरु
शिलालेख हेर अभिलेख हेर
विज्ञप्तिकालीन कैफियत प्रतिवेदनमा मात्र
कुद्दैनन् गाजापट्टीतिर
इजरायली ट्याङ्क आतङ्कहरु
प्रपञ्चातीत
गुरुकुलीय अध्यवसायहरुमा
कहाँ हराए लाभाताल सिद्धान्त ज्योतिषाचार्यहरु ?
सिस्नेरी झ्याङ
ल्याण्डफिल्ड साइटका रानीमहलहरु
आउ, गिनिसवुकका प्रति बोकेर
पुस्तैनी जीन हस्तान्तरणका
बम्पर खेलौं
क्रम विकास
सुख्खा आँखाका वर्षात्हरु
हामी एनेस्टेशियामा फर्जी मुठभेदका
इतिहासहरु रच्दैछौं
ओनियोमेनिया
हामी जलघोडाहरुमा काठी कस्दैछौ
अब कस्ले भन्न सक्दैन
हामी कठघराको मृत्युदण्ड भोग्दैछौं !