Prakash Sapkota – Garaunla Swagat Ko Tayari (Nepali Gajal)

प्रकाश सापकोटा – गरौंला स्वागतको तयारी हजूर (गजल)

गरौंला स्वागतको तयारी हजूर
कहिले हुने हो सवारी हजूर

ध्वजाले सजाउँला यो मनको मझेरी
फूलबुट्टे गलैंचा पसारी हजूर

नबोली नबोली चलेको चल्यै छ
आँखा र आँखाको जुवारी हजूर

के नाता लगाउनु दोधारै दोधारमा
बनौ कि पियारा-पियारी हजूर

मुसुक्क हाँसे त बस्थें म कुरेर
दिलैको ढक्कन उघारी हजूर