बिप्लव प्रतिक – प्रश्न
यो जीवन यदि सास फेर्नका लागि मात्रै हो भने
सास रोकिएर के फरक पर्छ यहाँ ?
सहस्र गोरेटाहरू खोसिएर
कुनै एउटा बाटो मात्रै हिँडिरहनुपर्ने भए
यात्राको नामोनिसान मेटिए पनि
के फरक पर्छ यहाँ ?
नयाँसडक, २५ फेब्रुअरी १९८६
नेपाली कविता को बिशाल संग्रह
बिप्लव प्रतिक – प्रश्न
यो जीवन यदि सास फेर्नका लागि मात्रै हो भने
सास रोकिएर के फरक पर्छ यहाँ ?
सहस्र गोरेटाहरू खोसिएर
कुनै एउटा बाटो मात्रै हिँडिरहनुपर्ने भए
यात्राको नामोनिसान मेटिए पनि
के फरक पर्छ यहाँ ?
नयाँसडक, २५ फेब्रुअरी १९८६
हरिभक्त कटुवाल – यो दुई थोपा आँसु
यो दुई थोपा आँसु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँसु
होला कि नहोला
दुख वेदनामा रोइदिन्छ आँसु
खुसीको सिमामा झरिदिन्छ आँसु
भोलि रमाउन कसैकोमा आँसु
होला कि नहोला
भन्न नसकेका बोलिदिन्छ आँसु
पीर बाँधिएका खोलिदिन्छ आँसु
भोलि पीर पोख्न कसैकोमा आँसु
होला कि नहोला
बितेका दिनको कथा लेख्छ आँसु
मिलन बिछोडको व्याथा लेख्छ आँसु
भोलि लेख्नलाई कसैकोमा आँसु
होला कि नहोला
शब्द – हरिभक्त कटुवाल
स्वर – साधना सरगम/कुमार सानु
संगीत – रनजीत गजमेर
चलचित्र – दुई थोपा आँसु
मनोज बोगटी – छाती
छातीको मोहर लागेको ईमानदारिताको दाम हुँदैन।
बुझ्यौ?
दाम हुँदैन।
ईमानदारिता किन्न सकिन्न
तर बेच्न सकिन्छ।
किन्नै नसकिने ईमानदारिता बेच्न आउने कम्पनीका सेल्सम्यानहरू
छ्यापछ्याप्ति छन् गाउँभरि।
दैलोमा नै उभिएर भन्छन्,
यसको गणवत्ता सोझै अनि सस्तोमा ग्राहकमा पुगोस् भनेर मिडलम्यान राखेनौं
यसकारण सस्तो छ। किन्नुस्।
घरघरको यो सेवा कम्पनीको पोलिशी हो।
बजारमा पाइन्न।
हर्कबहादुरले त्यो पनि किन्यो
सबै छक्क परेका छन्।
यत्रो महङ्गो ईमानदारिता कसरी किन्यो त्यसले?
बालमुकुन्द कार्की – भ्यागुताहरू
(Source: Himal Khabar)
पोखरीको डिलमा हिलाम्मे भ्यागुतो
कहिले डिलमाथि, कहिले डिलमुनि
आँखा चिम-चिम गरी नियालिरहेछ
पोखरी उही दलदले हिलै छ
केही हिलाम्मे भ्यागुताहरू
ट्वार-ट्वार उहीँ उफ्रिरहेछन्
छत्ल्याङ-छुत्लुङ
सेताम्यै पल्टिएका माछाहरू
साना माछाहरू
ठूला माछाहरू
अनि उही पोखरीका सर्पहरू
डिलमाथिको खोपीमा
मस्त लपलपाउँदै डिलमुनि नियालिरहेछन्
कसैलाई हर्ष कसैलाई विस्मात्
कथा आ-आफ्नै छ
हिलाम्मे भ्यागुतो डिलमा बसेर
चिम-चिम आँखा गर्दै
नाक खुम्च्याउँदै, मुन्टो हल्लाउँदै
उही पोखरीको भ्यागुता नियालिरहेछ।
कोमल श्रेष्ठ – खानु खायो (मुक्तक)
भ्रष्टहरुले
भ्रष्टाचार जन्मायो
भ्रष्टाचारले
कंक्रीटको जंगल बढायो
रक्तपीपासु बाघहरुले
मान्छेनै खानु खायो ।
रामप्रसाद ज्ञवाली – कवि होस् कविताभित्रै …
तपस्वी वृक्ष देखिन्छन् लेकमा कति उर्वर !
लालीगुराँस पाखामा फुलेका कति सुन्दर !
सङ्र्घर्षबाट जन्मेको क्रान्तिकारी युवासरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
पहराबाट फुस्केको छहरा कति सुन्दर !
छहराबाट निस्केको बिजुली झन् मनोहर !
दही मथेर निस्केको न्वाउनी घिउझैँ गरी
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
घारमा फूलको सार खिच्न मौरी बरोबर !
भीरमा श्रमको धारा मह कस्तो मनोहर !
महमा माहुरीभाका गीत भै गुन्जिएसरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
रातमा चम्किएको त्यो जून कस्तो मनोहर !
आगोमा पोलिएको त्यो सुन कस्तो छ सुन्दर !
जाडोगर्मी सबै भागी हुर्केको बिरुवासरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
आफै खोजेर देखेको दृश्यजस्तै मनोहर
आफै भोगेर लेखेको कविता हुन्छ सुन्दर !
हिमाली शिरमा चढ्ने आरोही वीरकै सरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
आफै खुलेर झुल्केको बिहान कति सुन्दर !
आफै फुटेर भुल्केको मुहान कति सुन्दर !
बीउमा बिरुवाजस्तै हाँगामा पातझैँ गरी
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
प्रदिप रेग्मी – रातहरुसँग वेदना
हे मेरा रातहरु !
केवल तिमीहरु नै हौ,
मेरो मन बुझ्ने साथहरु,
जव तिमीहरु आउँछौं
मेरो भक्कानो फुट्छ
दिनहरुले सृजना गरेका खडेरी प्रति
मुसलधारे वर्षा छुट्छ ,
किनभने तिमीहरुले मेरा कुरा बुझ्छौ
तिमीहरुले भेल उर्लाउँछौ
अनि सृजित खडेरीहरु सखाप हुन्छन् ।
दिनहरुले काल्पनिक आश्वासन दिन्छन् ,
तर तिमीहरुले अमिट यथार्थ दिन्छौ ,
दिनहरुले बाँडेका पोका पन्तराहरुमा
कतै आफन्ती मनको आभाष भेट्दिन ,
तर तिम्रा कुना कन्तराहरु र क्षितिजमा
सामिप्यताको आभाष भेट्छु म
तिम्रो विवेकले बुझ्छ होला नि !
किन सदा तिम्रो पर्खाइमा हुन्छु म ?
क्षितिजमा जव तिम्रो छायाँ झुल्किन्छ
मेरो घायल मन अश्रु बिभोर भै उम्लिन्छ
दिनहरुले दिएका धोकाहरु तिमीलाई सुनाउन
तिमीहरुले विनम्र एकाग्र सुन्छौ,
अनि मेरो मन झन झन भरिन्छ
मेरालागि तिम्रो एकमात्र साथ सम्झेर ।
हे मेरा रातहरु !
दिनहरुका म माथिका बज्रपात
म जतिपनि सहन सक्छु
तिमीहरुले दिएको सहनशिलताले,
तर तिमी नै भन म कसरी सहुँ
मेरो उद्देश्य, विचार र योजनामा
दिनहरुका घात प्रतिघात तुषारापातहरु
मेरो मातृत्व, पितृत्व अनि भातृत्वमा
दिनहरुले पारेका विक्षिप्त चोटहरु,
मलाई म माथिको बज्रपातले भन्दा
ती चोटहरुले बढी चह¥याउँछन् , पोल्छन्
दिनहरु परिवर्तन भइरहदा रहेछन्
समय सुहाउँदो फट्याङ्ग्रोको रङ जस्तै,
एक सत्य एक असत्य अनि असत्य पनि सत्य,
भन मेरा रातहरु यो सब म सहन सक्छु ?
तिम्रा सहनशिलताहरु अझै बाँकी छन् भने
कृपा गर तिम्रो यो अभिन्न मित्रलाई
कसरी अंगालुं दिनका बहुरुपी चरित्रलाई ।
फूलबारी, पोखरा
ईन्द्र कुमार सुनुवार – अब्यक्त माया
मैनबत्ती भै जलिरहें
तिमीलाई उज्यालो दिन
काडा झै बिषालु बनें
तिमीलाई सुरक्षा दिन
बिस्वास तिम्रो तोडिदिए
तिम्रो घरको खुसी जोड्न
तिम्रो लागि बैमान भए
तिम्रो मानलाई साचिराख्न
बगरको सुख्खा बालुवा बनिदिए
तिम्रो आगनको खाल्टो पुर्न
मकिएको हागा भै सडिदिए
तिम्रो बारीमा मलजल भर्न
बाटो बिराइदिए दौडमा
तिमलाई जिताई आफू हार्न
झुठो हासो हासीदिए
मेरो चाहनाको घाटी रेट्न
एक्लो थिए एक्लै भए
तिम्रो साथ भाग्यमा जुरेन
तिम्रै लागी साचेको माया खै
किन हो अरुलाइ कहिल्यै चुनेन!
हरिहर अर्याल – म आउँदैछु
हो प्रिया, विश्वास गर
यस पटक भने म तिम्रो बासस्थानमा
सधैको लागि आउँदैछु।
हुनत प्रिया, म पोहोर पनि आएँ
परार पनि आएँ र हरेक बर्ष आएँ,
कहिले हुरी लिएर आएँ
कहिले बतास भएर Continue reading “Harihar Aryal – Ma Aaundai Chhu”
गणेश भण्डारी – एक न एकदिन
(Source: मधुपर्क २०६६ जेठ)
बिशतोष्ण यामका दुर्लभ घामहरू छोडाएर
ठोसिरहेछु अगेनु, सौदमिनि सल्काउन ।
हामीलाई चिसमिरो अकारोमा बाधेर
हाम्रा रुघिरहरू मधुमह बनाएर चाट्ने चमेरो
टाास्सिइरहेकै छ घरको मूलदलानमा
हाम्रो हस्तिहाडको मासी लुछेर
हामीलाई नै शङ्ख बजाउने ज्यानीजूको बााचेकै छ अश्रुगुल्जारमा
हाम्रा तपनीका किस्मती आभूषण बनाएर
जुनेली गाउने धुर्त धमिरो जीवितैछ खलियानमा
हाम्रो आसुको जलाधिमा सयर गर्ने मकरमाछो
जीवितै छ सन्ताप सरितामा
हाम्रा आयु र समयका विपलाहरू काटेर बाचिरहने ऐंजरु
जीवितै छ घरको छानामा
विश्वास छ एक न एकदिन सिलाइसक्नेछु
धेरै अघि उनीहरूले च्यातिदिएको स्वप्नहरूको स्वर्ण भूगोल
विश्वास छ एक न एकदिन जोडी छाड्नेछु
विश्वास छ एक न एकदिन जोठी छाड्नेछु
उनीहरूले टुक्रा-टुक्रा पारिदिएको लघुआकाश
एकन एकदिन साकार हुनेछ मेरो विश्वासको स्वप्न
विश्वास छ रुदिला नजरहरूबाट एक न एक दीन ज्वालामुखी फुट्नेछ
विश्वास छ एक न एक दीन ओसिला यी चिसमिराबाट झन्झनिल फुट्नेछ
ढल्नेछ एक न एक दिन गुरुताभाषले बनेको लुटको गजुर
पुछ्नेछ समयले इतिहासको प्रतिस्राव र तर्नेछ भयवह जंघार
हेरिराख ! एक न एक दिन उनिसक्नेछु तारामण्डल र लगाइदिनेछु आमाको गलामा
पर्ख एक न एक दीन सल्काइछाड्ने छु सौदमिनीरदिप्त पार्नेछु गोल भूगोल
एक न एक दीन उठाउनेछु सिङ्गै पृथ्वी र लगाउने छु जुलुस
च्यात्नेछ जुलुसले वित्रंलब्ध पूरातन सन्धि र लेख्नेको समयको नया स्पन्दन
भोजराज बराल – चिहान बाट आमाको चिट्ठी – कहिले आउंछौ त बाबु देशको मलामी जानलाई?
तिमीले जस्तै मैले पनि घर छोडे को धेरै भयो बाबु
फरक यत्ती हो
तिमी बाध्यताको निहुं बोकी पलायन भयौ
म तिम्रो पलायनको परीणामले Continue reading “Bhojraj Baral – Chihan Bata Aama Ko Chitthi”
इन्जिनियर राकेश कार्की – जब सर्वहाराहरु महलमा बस्छन्
जब सर्वहाराहरु महलमा बस्छन्
व्यापारीहरुको चहलपहलमा बस्छन्
बिर्सन्छन् आफू जन्मेको झुप्रोलाई
सुमसुम्याइ रहन्छन् सुनको थुप्रोलाई
डनहरु अघिपछि Continue reading “Rakesh Karki – Jaba Sarbahara Haru Mahal Ma Baschhan”
शिव गौतम – मुटुनेरिको सिस्नेरी
सिस्नेरी
मेरी जननी, मेरो जन्मभूमि
घाम झुल्कँदाखेरि
घाम अस्ताउँदाखेरि
म तिमीलाई नै सम्झिन्छु
उषा अनि गोधुलिलाई हेरी
कहिले हिलैहिलोको होली खेली
कहिले धुलैधुलोमा Continue reading “Shiva Gautam – Mutu Neri Ko Sisneri”
पदम भण्डारी – केहि छैन लिनु पनि (गजल)
केहि छैन लिनु पनि,
केहि छैन दिनु पनि
मायाको मुर्ति कुँद्नु थियो,
राखिएन छिनु पनि
संझनाका मुनाहरू पलाउँथे की,
दिईएन चिनु पनि
झिनो आशामा बुढो गिद्ध,
कुर्न Continue reading “Padam Bhandari – Kehi Chhaina Linu Pani (Nepali Gajal)”
प्रदिप रेग्मी – प्रेराग कामना
तिम्रो तपश्या अनि आर्ज्यको मूल्य
महान तिम्रा दृढ तृप्तिहरु
कुटिल मनका आशक्तिहरु
अनि अतिरञ्जित सफलताहरु
साथमा स्वामित्व गुमाएका प्राप्तिहरु
सारा रहुन तिमीसंगै जिवन्त !
मैले बुझें उदाउनु भनेको क्षणिक प्रकाश छरी
सदाका लागि अस्ताउनु भनेर,
तिमीले बुझ्यौ त्यही प्रकाशमा रमाउन
आफ्नो स्वार्थी संसार सजाउनु भनेर
अर्को एक फरकपन – यी साराका लागी
धर्ति अस्तित्व सम्म मूल्य चुकाउनु
निसंकोच अमान्य पनि सामान्य !
तिम्रा अप्राकृतिक प्रेम
र यौनिक आशक्ति
अमर बनोस तिम्रो यौवन जस्तै
आशा छ महान इश्वरले
तिम्रा लागि वासना थपिदिनेछन
किनभने तिम्रो शाश्वत सत्य
अनि अस्तित्व रहि रहनु पर्नेछ युगसम्म !
नचिम्लिउन तिम्रा आँखा
अनिमेश बनुन बुद्घका जस्तै
संसार तिम्रै हो बुझ, सुन
अनि पुरा गर रहरहरु सस्तै
अकाटय मेरो निश्चलताले
जिवन्त रहने तिम्रो सजिवतालाई
प्रशंशा गरि रहनेछ हिमाल बनेर !
पोखरा
कोमल भट्ट – हाम्रो देशका नेतालाई (गज़ल)
हाम्रो देशका नेतालाई लड्न पाए भैगो
जसरी नि कुर्सी माथि अड्न पाए भैगो
काग जति कराउंछ पिना सुक्दै जान्छ
महँगा र राम्रा वाहन चड्न पाए भैगो
जनताको के को वास्ता जे भएता पनि
दिन दिनै नगद मौज्दात बड्न पाए भैगो
बनाएर आठ दस ओटा गगनचुम्बी घर
चारै तिर चिल्ला पत्थर जड्न पाए भैगो
किन गर्नु सुधार यहाँ शैक्षिक क्षेत्रलाई
आफ्ना सन्तान बिदेशमा पढ्न पाए भैगो
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
13th December,2012
टंक सुब्बा – युद्घभित्र उभिएका बुद्घहरु
सर्वाङ्ग पुरिएर ठिहीले
कठाङ्ग्रिएको रात
हंगामा मच्चाएर युद्धले
प्रदुषित भएको परिवेश
जहा जिउने रहरहरु थुप्रै साचेर
कुरुक्षेत्रमा ओर्लिएका लडाकुहरु
काम्दा Continue reading “Tanka Subba – Yuddha Bhitra Ubhiyeka Buddha Haru”
कोमल भट्ट – कति राम्री जन्मभूमि (गज़ल)
कति राम्री जन्मभूमि ! नामै प्यारो लाग्छ सधैँ
रीति- रिवाज संस्कृति र धामै प्यारो लाग्छ सधैँ
मुटु भरि छचल्किँदा सम्झना र माया मात्रै
आफ्नै घरका दलिन,निदाल थामै प्यारो लाग्छ सधैँ
आँखा भित्र नाचिराख्ने हिमालकै सेरो फेरो
सगरमाथा टल्किएको घामै प्यारो लाग्छ सधैँ
लोभै लाग्ने चाड पर्व सबै मिली मनाउँदा
आत्मीयता,आशिर्वाद र खामै प्यारो लाग्छ सधैँ
डाँडा काँडा उकाली र ओरालीमा हिंड्दा खेरि
चारै तिर हरियाली ठामै प्यारो लाग्छ सधैँ
रातो दिन मिहेनतले झारा पर्म गर्दा पनि
“कोमल” मन बोकेका छन् कामै प्यारो लाग्छ सधैँ
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
१६ मार्च ,२०१३
इन्दिरा शाह – साक्षी
हतारमा दौडिरहने
मान्छेहरूको भीडलाई
एक्लै टोलाएर हेरिरहने
बूढो शिरीषको रूख र
तिलचाम्ले कपाल फुलेको रत्नपार्क
के को प्रतीक्षामा छन् कुन्नि ?
शिरीषकै छायाँमा दिनभरि
मान्छे व्यापार Continue reading “Indira Shaha – Sakshi”
प्रतिमा के.सी. – अब त केहीं गर तिमी (गजल)
नेपाली भन्ने मन भए अब त केहीं गर तिमी
फाली बैभव मनबाट निस्वार्थलाई भर तिमी
तिमी नेपाली आमाको साँच्चिकै सन्तान हुने भए
देशको अस्तित्व जोगाउन मर्नै परे मर तिमी
यो देशमा शान्ति सुरक्षा कायम राख्ने मन भए
सत्ता लोलुपताको त्यो बुइँगलबाट झर तिमी
हिंजोको द्वन्दले बेदनाका सागर बगाएको छ
बटुल्न समेट्न सक्छौ भने बाँध हाली तर तिमी
आँखाबाट आँसुमात्र होइन रगत बगेको छ
धर्म मान्दैनौ भनेपनि आत्माबाट त डर तिमी
सानातिना स्वार्थमा मान्छेको जीउ लिनेहरु हो
राम बन्न सक्छौ आफूभित्रको रावण हर तिमी
देशमा हत्या हिंसा बढ्दै छ मानवीयता घट्दै छ
विध्वंश बिचार भत्काई शान्तिको बस्तीमा सर तिमी
चाहन्छौ भने तिमी यो देशलाई मुक्ति दिलाउन
सुर्यले झैँ प्रभातमा आशाका लालिमा छर तिमी
बर्तमान मै देशसंग आफु हाँस्ने चाहाना भए
हरेक नेपाली मनबाट किन हुन्छौ पर तिमी
चाहिंदैन केहि मानवीयता जोगाइदिए पुग्छ
बाँच्नु छ भने यो संसारप्रेमी भएर नर तिमी
१९ फेब्रुअरी २०११ / बेलायत
(Sent to Sanjaal Corps via Email)