Hom Shankar Bastola – Pusti Kasari Garne (Nepali Laghu Katha)

होमशंकर बास्तोला – पुष्टि कसरी गर्ने ? (लघु कथा)
(मधुपर्क २०६७ असार)

विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो । एक वर्ष अगाडि एउटा सरकारी संस्थानको जि.एम.मा नियुक्ति भएका विष्णु सिंहलाई अकूत सम्पत्ति कमाएको भनी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । इजलासमा सरकारी वकिल आफ्ना प्रमाण पेश गर्दै बहस गरिरहेको अवसरमा न्यायाधीशले सरकारी वकिललाई प्रश्न गरे-‘ वकिल साप, विष्णु सिंहले भ्रष्टाचार गरेको के प्रमाण छ ?’ अदालत अगाडि रहेको छ तले आकर्षक घर वकिलले देखाउँदै भने ‘ श्रीमान् भ्रष्टाचारको प्रमाण ऊ त्यही छ तले घर हो । ‘ न्यायाधीशले छ तले घरतिर पुलुक्क हेरेर मनमनै सोचे- ‘वर्ष दिन अगाडिको एकतले घर छ तले ! तर कसरी पुष्टि गर्ने ?’

दुवेकोल-७, खोटाङ

Ram Mani Dhungel – Awaaj Haru

राममणि ढुङ्गेल – आवाजहरु
(Source:मधुपर्क साउन, २०६७)

“सवितायै नमः” गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्‍यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो लाग्दै गर्दा हामी पश्चिमबाट पूर्वतिर हान्निँदै थियौँ । देवहरिजीले भन्नुभयो -“हामी आउँदाभन्दा जाडो निकै बढ्यो हगि !”

“हो” मैले सही थापेँ ।

हामी यात्रामा थियौँ र धनगढीबाट नेपालगञ्जका लागि रवाना भएका थियौँ । सूर्यको किरणले धरती चुम्नुपूर्व नै हामीले अतरिया छिचोलिसकेका थियौँ । ड्राइभर आफ्नो हातले स्टेरिङ्गमा चलाउँदै थियो र गोडाले एक्सिलेटर दबाउन व्यस्त थियो । लाग्दथ्यो, ऊ एक्सिलेटर थिच्ने माहिर खेलाडी हो, गाडीको गति देखाउने सियोले एक सयको अङ्क स्पर्स गरेको थियो । हामी बाहिरको दृश्य अवलोकनमा व्यस्त थियौँ । गाडीमा हामी तीन जना सवार थियौँ, देवहरिजी, म र ड्राइभर । देवहरिजी र म पछिल्लो सिटमा बसेका थियौँ ।

बाहिरको दृश्य हेर्दै देवहरिजीले

भन्नुभयो – “गोरुलाई खेत जोत्ने कार्यमा प्रयोग गरिँदैछ, जहीँतहीँ खेत जोत्न गोरु नै प्रयोग गरेको देखिन्छ, गोरुजस्तै गाईलाई प्रयोग गर्न मिल्छ कि मिल्दैन ? ”

“गाई नारेको मैले अहिलेसम्म देखेको र सुनेको छैन तर जताततै समानताको कुरा उठिरहको बेला यस्तो हुन पनि सक्छ” मैले जवाफ दिएँ ।

देवहरिजीले पुनः थप्नुभयो -“राँगोलाई नारेेर जोतेको थाहा छ तपाईंलाई ? ”

“गाडा तानेको चाहिँ थाहा छ, जोतेको चाहिँ थाहा छैन,” मैले भनेँ ।

ड्राइभरले प्रष्ट्यायोे – “राँगोलाई पनि जोत्न प्रयोग गर्न सकिन्छ ।”

“भैंसीलाई नि ?” देवहरिजीले पुनः प्रश्न राख्नुभयो । यस पटक ड्राइभरको उत्तरको प्रतीक्षामा म मौन बसेँ । ड्राइभरलाई पनि राम्रो जानकारी रहेनछ “देखेको छैन” मात्र भन्यो ।

देवहरिजीले पुनः अर्को प्रश्न राख्नुभयो – “एउटा गोरु र एउटा राँगो नारेर जोत्न मिल्छ ?” मैले “मिल्दैन” भनेँ । “किन ?” देवहरिजीले पुनः अर्को जिज्ञासा राख्नुभयो । “व्यालेन्स मिल्दैन” मैले यतिमात्र भनेँ र चुप लागेँ । “उत्रैउत्रै भयो भने त मिल्छ होला नि !” उहाँले पुनः अर्को जिज्ञासा तेस्र्याउनु भयो । “भेँडा भेँडासित बाख्रा बाख्रासित भन्ने उखानै छ नि” मैले उहाँको जिज्ञासा टुङ्ग्याउने आशयले भनेँ ।

“आइमाईले गोरु जोत्न हुँदैन भनेको

होइन ?” देवहरिजीले पुनः अर्को आशय राख्नुभयो । ड्राइभरले “हो” भन्यो । यसपालि मेरो बोल्ने पालो आएन ।

“ऊ त्यहाँ हेर्नोस् त” देवहरिजीले पर खेतमा देखाउनु भयो । हामीले हेर्‍यौँ । एउटी आइमाई हलो जोत्दै थिइन् ।

“स्वास्नी मानिसको शरीर कोमल हुन्छ, गोरु जोत्ने काम कष्टकर छ, गाह्रो काम कोमल शरीरबाट हुन सक्तैन । पुरुषको शरीर महिलाको दाँजोमा कडा हुन्छ, त्यसैले गोरु जोत्ने काम पुरुषबाट गरिनु पर्छ भनी हाम्रा पूर्वजहरूबाट नियम बनेको हो । आजको समानताको युगमा सक्नेले जे गरे पनि हुन्छ ।” मैले भनेँ ।

गाडीको गति चलिरहेको थियो । गाडी चलाउँदै ड्राइभर बोल्यो -“जोतिन्छ गोरु, गाई जोतिँदैन । गाडा तान्छ राँगो, भैंसीले तान्दैन । काटिन्छ खसी बोका, बाख्रा होइन । बलि दिइन्छ भाले, पोथी होइन । के यो पक्षपातपूर्ण छैन ?”।

“अचेल त्यस्तो कठोर नियम छैन

गुरुजी ! काठमाडौँमा प्रायः मम भैंसीको बन्छ, राँगोको होइन ।” मैले प्रतिकार गरेँ । उसले मानेन प्रतिवाद गर्‍यो- “झुक्याएर काट्ने अलग कुरा हो, खानेले राँगो सम्झेर खान्छ, भंैंसी सम्झेर खाँदैन । काट्ने कुरा गर्ने हो भने त काठमाडौँमा खसीको नाममा बूढी बाख्री पनि काटिन्छ तर भन्दा त खसी नै भन्छन् नि होइन र ?”

“समानताको सिद्धान्त अङ्गकिार गरेको होला” ठट्यौलो पारामा देवहरिजीले भन्नुभयो ।

तर ड्राइभरलाई अझै चित्त बुझेको रहेनछ, पुनः थप्यो –

“जहीँतहीँ नारी समानताको कुरा उठाइन्छ, समावेसीको कुरा उठाइन्छ, तर मार्ने काट्ने कुरामा किन कसैले समानता अथवा समावेसीको कुरा उठाउँदैन ? अब त ३३ प्रतिशत पोथी जनावर काटिनु पर्ने होइन ? छ/सात वटा खसी, राँगा काटिँदा तीन/चार वटा बाख्रा, भैँसी काटिनु पर्‍यो नि !”

ऊ बोल्न छोडेपछि मैले भनेँ -“कहाँको तथ्याङ्क पेस गर्दै हुनुहुन्छ

गुरुजी ? तपाइर्ंको घरको अथवा ससुराली

घरको ? त्यसो हो भने त तपाईंको तथ्याङ्क मिलेको होला, अन्यथा सहर बजार मात्र होइन, सहर बजारको हावा लागेका गाउँबस्तीहरूसमेतमा कुन जनावर काटिन्छ, कसलाई के थाहा ! म त भन्छु त्यहाँ ३३ प्रतिशत होइन ६७ प्रतिशत बाख्रा, पाठा र भैँसी काटिन्छन् र काट्ने काम सकेपछि लिङ्ग परिवर्तन गरिन्छ । परिवर्तनपछिको लिङ्ग तपाईं हेर्नुहुन्छ र स्त्रीलिङ्गीलाई पुलिङ्गी सम्झेर स्वाद लिएर आहार गर्नुहुन्छ ।”

ड्राइभर फेरि बोल्यो –

“तपाईंको कुरा गलत हो भनेर म भन्दिन सर ! तर कटु सत्यतर्फ पनि ध्यान दिनु उपयुक्त हुन्छ बाराको वरियारपुरमा २० हजार राँगा काटिए, एउटा भैंसी काटेको सुन्नुभो, लाखौँ बोका काटिए, बाख्रा काटेको सुन्नुभो ? खै कहाँ हरायो समानताको आवाज, कहाँ बिलायो समावेसीे नारा ?”

गाडी गुड्दै थियो र निकै अघि बढिसकेको थियो । गाडीभित्र एकछिन शान्ति छायो अर्थात् हामी तीनै जना चुपचाप थियौँ । मुख थकाई मार्न व्यस्त भए पनि आँखा र मन थकाई मार्न मञ्जुर थिएनँ । बाहिरको दृश्य निहार्न हामी व्यस्त थियौँ । सडक किनारमा लहरै छाप्राहरू देखापरे । सानो छाप्रोको छानामाथि, छाप्रोभन्दा ठूलो परालको कुन्यू देखेर हामी छक्क पर्‍यौँ । कुन्यूको बोझले कतै त्यो छाप्रो भत्किने त होइन ? हामीलाई यस्तो लाग्यो । कथंकदाचित कुन्यूको बोझले त्यो नर्कटको छाप्रो भत्क्यो भने त्यसभित्र गुजारा चलाउँदै गरेका मानव शरीरको के हविगत होला ! हामी सम्भावित दुर्घटनाको चिन्ताले त्रसित भयांै ।

“यस्तो नहोला भगवान्को दृष्टि नपुगेको कहाँ छ र ?” देवहरिजीले नजानिँदो किसिमले उनीहरूको सुरक्षित जीवनका लागि भगवान्सित प्रार्थना गर्नुभयो ।

मैले भने –

“वास्तविक नेपालको तस्बिर त हामी भर्खर देख्दैछौँ” ।

ड्राइभरले थप्यो-

“वास्तविक नेपाल होइन सर तपाईंले आधा नेपाल देख्नुभयो । वास्तविक नेपाल हेर्न त तपाईंले त्यो छाप्रोभित्र छिर्नुपर्छ । त्यो छाप्रोभित्रको अभाव अनिकाल भोकमरी अथवा नाङ्गा शरीरहरू भोका पेटहरू जब तपाईंको दृष्टिमा अटाउँछ तब मात्र वास्तविक नेपाल देख्नुहु्नेछ ।”

देवहरिजी बोल्नुभयो –

“केे मिलेको छैन हाम्रो नेपालमा ? विदेशी सहयोगको बाढी उर्लेको उल्र्यैछ, ग्रामीण विकासका लागि नेताहरूमार्फत लाखौँ रकम गाउँ भित्रेको भित्र्यै छ । गरिबी निवारण कोष ग्रामीण विकास परियोजनालगायत विभिन्न एनजीओ आईएनजीओ क्रियाशील छन् तर पनि नेपालीको जीवनस्तर जहीँको तहीँ छ ।”

“एकातिर यस्तो छ भने अर्कोतिर तपाइर्ं हामीले हेर्दा हेर्दै हिजो एक छाक खान नपाउनेहरू पाँच तारे होटलमा लन्च खाने भइसके, हिजो चप्पल लाउन नसक्नेहरू आज गाडी चढ्ने भइसके, गाउँमा झुप्रा नहुनेहरू सहरमा हवेली ठड्याउने भइसके । विकास नभएको कहांँ हो र, दुई चार टाठाबाठाहरूको व्यक्तिगत विकास भएको छ सामूहिक विकास भएन हुन सकेन, समानुपातिक विकास योजना लागू हुन सकेन । गरिब र गरिबीको नाममा टाठावाठाहरूले हसुरे, राष्ट्र र राष्ट्रियता बन्धक राखे आफ्नो झोली भरे व्यक्तिगत विकास गरे, सहरमुखी बने, गाउँ जस्ताको तस्तै रह्यो । निरीह ग्रामीण जनता जहीँको तहीँ रहे ।” ड्राइभरले थप्यो ।

गाडी गुड्दै थियो, गुडिरह्यो । हाम्रा आँखाहरू गाडीको सिसाबाट परपर देखिने परिवर्तित दृश्यहरू निहार्न व्यस्त थिए । यतिबेला हाम्रा आँखाले जङ्गल मात्र देखिरहेका थिए । अर्थात् गाडी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गुड्दै थियो । देवहरिजी र म आरामसाथ गाडीको सिटमा अडेस लागेर करिब करिब सुतेको अवस्थामा बस्यौँ । एकछिन गाडीभित्र सुनसान छायो । जङ्गल नै जङ्गल हेर्दा हेर्दै अनायास केही छाप्राछुप्रीको सानो बस्ती देखियो । ड्राइभरले गाडी साइड लगायो । गाडीको चक्काले सडक नाप्नबाट विश्राम लियो ।

ड्राइभरले भन्यो-

“चिया पिऊ सर ! भूरीगाँउ आइपुग्यो ।”

हामी चियाको प्रतीक्षामा बस्यौँ । एउटा बस आइपुग्यो र रोकियो । २०/२५ जना उत्रिए बसबाट । कोही हामी बसेको होटलभित्र छिरे कोही अर्को होटलतिर लागे । उनीहरूले आ-आफ्नै किसिमले खानेकुराको अर्डर गरे । आ-आफ्नो ग्रुपमा बाँडिएर बसे । आ-आफ्नै किसिमले गफको प्रसङ्ग सुरू गरे । कतै पढाइको गफ, कतै प्रेमको प्रसङ्ग, कतै राजनीतिक गफ । एउटा मान्छेले साहूलाई झण्डै खाउला जस्तो गरी हपार्‍यो र एक प्लेट चना माग्यो । साहूले तत्काल चना उसको अगाडि राखिदियो । उसले एक चम्चा चना मुखमा हाल्यो । चपाएर निल्न पनि भ्यायो भ्याएन, तत्काल प्रतिक्रिया देखायो –

“छ्या ! कस्तो चना, यस्तो पनि कहीँ तरकारी हुन्छ, उसिनेर राखेको हो कोही बिरामीलाई खुवाउन ?”

बोल्दा बोल्दै ऊ जुरुक्क उठ्यो, चनाको प्लेट बोक्यो, बाहिर निस्क्यो र प्लेटैसमेत चना हुत्याइदियो । उसले चना नखाए पनि साहुलाई पैसा चुक्ता गर्नु पर्ने हो हाम्रो विचारमा, किनकि साहुले पनि किनेरै ल्याएको हो तर उसले पैसा दिने त कुरै पर जाओस्, पैसाको विषयमा एक शब्द पनि बोलेन । आफ्नै शुरमा हिँड्यो, सरासर गयो, अर्को होटलमा छिर्‍यो । साहुले पनि ऊसित केही बोलेन, बोल्ने आट गरेन । उसको यो हर्कत देखेर हामी तीनछक् पर्‍यौँ ।

“एक प्लेट चना उत्पादन गर्न एक वर्ष कुर्नु पर्छ एकातिर भने अर्कोतिर कैयन गरिब जनता एक छाक खान नपाएर भोक भोकै छन्, यहांँ यसरी मिल्किन्छ, सिरियसली सोच्ने हो भने यो राष्ट्रिय क्षति भयो कि भएन । यस्तो किसिमले खानेकुरा फाल्नेलाई यस्तो सजाय हुन्छ भन्ने कुनै कानुन छैन । अनि जसले जे गरे पनि भै हाल्यो ?” कसैको प्रतिक्रियाको आश नगरी म एक्लै बड्बडाएँ ।

देवहरिजीले अप्रत्यासित मेरो सहमति जनाउनु भयो तर त्यहांँ उपस्थित जमातलाई मेरो कुरा चित्त बुझेनछ, ममाथि खनिए –

“सम्झनोस् कानुन छ, त्यो गर्न पाइन्न, गरेमा सजाय हुन्छ, नगद जरिवाना हुन्छ, कैद हुन्छ । अब भन्नोस् कसले गर्ने सजाय उसलाई ? मैले, तपाईंले, उसले, कसले ? त्यो काम गर्नु हुँदैन । नैतिक हिसाबले पनि हुँदैन तपाईंलाई थाहा छ, मलाई थाहा छ, हामी सबैलाई थाहा छ तर उसको कर्तुत हामी सबैले देख्याँै, हेर्‍यौँ मूकदर्शक बनेर, कोही केही बोल्यौँ ? अह ! तपाईं बोल्नुभयो, त्यो पनि ऊ गइसकेपछि । प्रत्यक्ष असर पर्ने विचरा साहू त बोल्न सकेन । के हुन्छ त्यस्तो कानुनले । अहँ ! केही लछारपाटो लगाउँदैन ।” एउटाले बोल्यो ।

“कानुन बनाउनेले आफैँ कानुन मिच्दा त कसैले केही बोलेन, केही गर्न सकेन, के हुन्छ यो देशमा । लाग्छ नेपालको कानुन शक्ति हुनेहरूका लागि होइन, निरीहहरूका लागि मात्र हो” अर्कोले थप्यो ।

“हो त जिल्लाभरिको शान्ति सुरक्षा कायम गर्ने कर्तव्य बोकेर जिल्ला पुगेको प्रमुख जिल्ला अधिकारी आफ्नै सुरक्षा गर्न सक्तैन, कसले कसको सुरक्षा गर्छ यहाँ !” अर्कोले पुनः समर्थन गर्‍यो ।

“के कानुन निर्माताहरूले कानुन अर्काका लागि मात्र निर्माण गर्ने हो, आफूले बनाएको कानुन आफूले नमाने पनि हुन्छ ? त्यसो हो भने कानुन बनाउँदा सांसदका लागि यो कानुन लागू हुँदैन, मन्त्रीका लागि यो कानुन लागू हुँदैन, यो कानुन निरीह जनताका लागि मात्र हो भनेर प्रष्ट उल्लेख गरिदिनु नि ।” अर्कोले थप्यो ।

“मन्त्रीले सीडीओ कुट्न पाइन्छ भनेर नयांँ कानुन निर्माण गरे भै हाल्यो नि । कानुन पास गर्ने अरूले होइन क्यार उनीहरू आफँैले हो ।” अर्कोले समर्थन गर्‍यो ।

“सबैतिरबाट कारबाहीको माग भैरहँदा पार्टीको तर्फबाट वकालत हुन्छ, जे भएको छ ठीक भएको छ त्यो कुटिनै पर्ने व्यहोराको सीडीओ हो कुटियो ठीक भो । सरकार भने यो सब हेर्छ सुन्छ र कानमा तेल हालेर बस्छ । यसको अर्थ, बल हुनेले निर्धालाई जे गरे पनि हुन्छ भन्ने हो ?” अर्को बोल्यो ।

“चिया लिनोस्,” हाम्रो हातमा चियाको गिलास आइपुग्यो ।

“तातो तातो समोसा पाकिरहेछ एक/एक वटा समोसा खाने हो कि ?” देवहरिजीले आफ्नो मनसाय राख्नुभयो ।

मैले स्वीकृति दिए । समोसा आइपुग्यो । हामीले एक हातमा चियाको गिलास समातेका थियाँै, अर्को हातले समोसा समात्याँै । मैले समोसा एक पटक टोकँे र चपाउन थालँे । एउटा झिङ्गा उड्दै आयो र मेरो हातको समोसा टोकेको भागमा बस्न खोज्यो । मैले झिङ्गा नबसोस् भनेर समोसा समातेको हात हल्लाएँ, हात हल्लाउँदा मेरो हात देवहरिजीको हातमा ठोक्कियो । मेरो हातको समोसा भूइँमा खस्यो ।

“कृष्णार्पण !” मैले भनेँ “मेरो भागमा रहेनछ खस्यो ।”

“त्यसो भनेर पाइन्छ ? अघि चना फालिँदा राष्ट्रिय क्षति भयो, भन्दै हुनुहुन्थ्यो अहिले समोसा मिल्किँदा राष्ट्रिय क्षति भएन ? एक प्लेट चना, एउटा समोसा गर्दै कति खाद्यान्न मिल्किन्छ, हिसाब किताब छ तपाईंसित, अहिले एकछिनमा हाम्रा आँखा अगाडि यति मिल्किन्छ भने दिनभरिमा कति मिल्किन्छ ? अझ देशभरिको तथ्याङ्क सङ्कलन गर्ने हो भने कति जनाले कति दिन खान पुग्ने खाद्यान्न मिल्किन्छ ? यो राष्ट्रिय क्षति हो कि

होइन ?” मेरो एकछिन अगाडिको भनाइलाई देवहरिजीले च्याप्प समात्नु भयो ।

मैले फालुँ भनेर फालेको त होइन, नचाहँदा नचाहँदै हातबाट खस्यो, देवहरिजीको भनाइप्रति विमति हुने मेरो मनसाय पनि होइन, त्यसैले चुपचाप चिया सुर्काई रहेँ । देवहरिजीले अर्को समोसा मागेर खान मलाई आग्रह गर्नुभयो, तर मैले आवश्यक ठानिनँ ।

हामी चिया सुर्काउदै थियौँ । एक आपसमा चल्दै दसवाह्र वर्ष जतिका दुई बाल अनुहार हाम्रा अगाडि देखा परे । हेर्दा दुवैको अवस्था उस्तैउस्तै देखिन्थ्यो । चरचर फुटेका हातगोडा, मयल कट्कटिएको अनुहार र जीऊ । जिगि्रङ्ग परेको कपाल । जाडोको मौसममा ठाउँठाउँमा च्यातिएको नाम मात्रको कपडा उनीहरूको शरीरमा थियो । दुवै हाम्रा अगाडि एकछिन उभिए, यताउति आँखा दौडाए । एउटाले अघि फ्याकिएको चना टिपेर मुखमा हाल्न थाल्यो, अर्को मेरो अगाडि खसेको समोसा टिपेर टोक्न थाल्यो । देवहरिजी र म एक आपसमा हेराहेर मात्र गर्‍याँै ।

ड्राइभर बोल्यो –

“काठमाडाँैमा बसेर कहांँ वास्तविक नेपाल देखिन्छ सर ! वास्तविक नेपाल त यो हो र वास्तविक नेपाली यिनीहरू हुन् ।”

“काठमाडौंँमा पनि यस्ता बालबालिका प्रसस्त छन् गुरुजी ! नभएका होइनन्, तपाई हाम्रो हेर्ने आखा मात्र नभएको हो ।” मैले प्रष्ट्याएँ ।

काँधमा गर्‍हौँ लाग्ने झोला भिरेको एउटा युवक टुप्लुक्क देखापर्‍यो हाम्रा अगाडि । झोलाबाट केही पत्रिका निकाल्यो र “कान्तिपुर सर!” भन्दै हामी तिर तेस्र्यायो ।

“कहिलेको हो? ” मैले प्रश्न गरे ।

“आजको ” उसले तत्काल जवाफ दियो ।

“यति चाँडै आजको पत्रिका!” मैले आश्चर्य प्रकट गरँे ।

“नेपालगञ्जमा छापिन्छ सर” उसले मेरो उत्सुकता मेटायो ।

देवहरिजीले पँाच रुपियाँ दिनुभयो र एउटा पत्रिका लिनुभयो । ऊ अर्कोतिर लाग्यो हेर्दाहेर्दै उसले पाँचसात वटा पत्रिका बिकायो । पत्रिका किन्नेहरू पत्रिका फिँजाएर पढ्न व्यस्त देखिए ।

“रुकुममा गाँजा खेती फस्टायो” एउटा करायो ।

नजिकै बस्ने साथीले थप्यो-

” कम गार्‍हो छ गाँजा खेती गर्न, एक दुई वर्ष मैले पनि गरेँ ।”

पत्रिका पढ्दै गर्ने मान्छे बोल्यो –

“कहाँ हुन्छ गार्‍हो, यहाँं त ‘गाँजा खेती अन्न नहुने जग्गामा पनि फस्टाउँछ । अन्न बालीभन्दा खेती गर्न सजिलो हुने भएकाले कृषकहरू गाँजा खेतीतर्फ आकृष्ट भएका छन्,’ भनेर लेखेको छ ।”

साथीचाहिँले अझ प्रष्ट पार्दै भन्यो –

“सही कुरा हो, गाँजा खेती जहांँ पनि फस्टाउँछ, अरू बालीमा जस्तो मिहिनत पनि गर्नु पर्दैन तर….. ”

“तर के ?”

“तर के भने गाँजा खेतीको सत्रुजीव धेरै छन्, आज एउटा आउँछ, यो अवैध धन्दा हो, तलाई थुनिदिन्छु, भन्छ पैसा झार्छ, भोलि अर्को आउँछ, सबै खेती काटेर निमिट्यान्न पार्नुपर्छ, यो अवैध हो, भन्छ पैसा झार्छ, पर्सी अर्को आउँछ, यो पुरै जलाउनुपर्छ, यो खेती गर्ने अनुमति छैन भन्छ, पैसा धुत्छ, जान्छ । यसरी खेती सुरू भएदेखि बाली कटान गरेर बिक्री नगरुञ्जेल पाइला पाइलामा पैसा बिछ्याउनु पर्छ । पसलबाट हुने फाइदाको आधा हिस्सा त पुलिस प्रशासनलाई थाम्पुरो लगाउनमै सिद्धिन्छ ।”

पत्रिका पढ्दै गरेका मान्छेहरू आफ्नो रुचिअनुसार समाचार पढ्दै थिए र नजिकैका साथीलाई सुनाउँदै थिए ।

“आकस्मिक लाभ, मलाई त आज लाभ हुने भयो , तेरो राशि के हो ? ” एउटा पत्रिका पढ्दा पढ्दै बड्बडायो ।

“सुन तोलाको ३५ हजार नाघ्यो रे ।” अर्को मान्छे पत्रिका पढ्दै करायो ।

“तोलाको ३२ हजार भए पनि बिक्री कम भएको छैन । पैसा कहांँबाट आउँछ मान्छेलाई? ग्रामीण जनताहरू बाँच्नका लागि सङ्घर्ष गर्दैछन्, चाउरी परेको पेट बोकेर भारी खेप्दैछन्, खेत जोत्दैछन्, वनपात गर्दैछन्, कोही भने बत्तीस हजार तोला सुन किन्न पछि पर्दैनन् ।” सँंगै बसेको उसको साथीले जिज्ञासात्मक प्रतिक्रिया पोख्यो ।

अर्काले पुनः थप्यो-

“यो त एउटा नमुना मात्र हो, तपाई काठमाडौँको मालपोतमा एक घण्टा मात्र बस्नोस देख्नुहुन्छ । करोडाँैको कारोबार हुन्छ, राजस्व मात्र लाखाँै उठ्छ, आनाको १० लाख, २० लाखमा जग्गा खरिद/बिक्री हुन्छ, दलाली भन्नेहरूले कमिसन मात्र लाखौँ लाख कुम्ल्याउँछन् । कहांँबाट आउँछ पैसा, कहिल्यै कसैले एक निमेष पनि सोचेको छ ?”

अर्कोतर्फ पत्रिका पढ्दै गरेको मान्छे ठूलो स्वरमा पढ्न थाल्यो –

“शान्ति सम्झौताको तीन वर्ष बितिसक्दा पनि यसको मूल कार्यसूचीअनुसार काम हुन सकेन, माओवादी लडाकुको समायोजन तथा पुनः स्थापना, संविधान निर्माण र पीडितलाई न्याय दिने प्रमुख तीन प्रतिवद्धता अलपत्र ।”

अर्को मान्छे अर्कोतर्फ अर्को समाचार पढ्दै थियो-

“नागरिक सर्वोच्चता, राष्ट्रपतिको कदम र राष्ट्रिय सरकारको विषय प्याकेजमा टुङ्गो लगाउनु पर्ने माओवादी निष्कर्ष ।”

“कोइराला सिङ्गापुरबाट उपचारपछि आइतबार र्फकने रे ।” अर्काले अर्को समाचार पढ्यो ।

समाचार पढ्नेहरू पढ्दै थिए, विश्लेषण गर्नेहरू गर्दै थिए । एउटाको विश्लेषण यस्तो थियो

“जीवनजल नपाएर जाजरकोटलगायतका विभिन्न क्षेत्रमा दैनिक सयौंँ नेपालीले ज्यान गुमाएको समाचार सुन्दासुन्दा हामी आजित भयौँ । राष्ट्रको आलो घाउमा राम्ररी खाटा बस्नै सकेको छैन, मुठ्ठीभर मान्छेहरू रूघा लाग्दा, सिङ्गापुर, बैङ्कक, दिल्ली, युरोपका विभिन्न मुलुकका महँगा अस्पतालहरूमा उपचार गराउन व्यस्त छन् । पानी पँधेरो छ यिनीहरूका लागि विदेशका महँगा सहरहरूको भ्रमण । यति मात्र कहांँ हो र विदेशी अस्पतालको बेडमै वार्ता पनि हुन्छ रे समस्या समाधानको तर वार्ता के हुन्छ, निचोड के निक्लिन्छ, अनभिज्ञ छन् जनता । हुनसक्छ वार्ता सत्ताको हुन्छ, संविधान निर्माणको होइन । हुनसक्छ वार्ता भागवण्डाको हुन्छ, शान्ति सुरक्षाको होइन । वार्ता जनताको आँखामा छारो फाल्ने हुन्छ, देश निर्माणको होइन । वार्ता वार्ताका लागि हुन्छ, निष्कर्षका लागि होइन, समाधानका लागि होइन । उपचारका नाममा साँच्चिकै उपचार हुन्छ अथवा अरू केही हुन्छ ? विदेश भ्रमण पक्का हुन्छ, राजनीति हुन्छ, दाउपेच हुन्छ र अनि एउटा कुरा पक्का हुन्छ, जनताले तिरेको करको केही हिस्सा विदेशिन्छ ।”

अर्कोले अर्को समाचार पढ्यो –

“पर्साका सरकारी कार्यालयहरू पूरै बन्द । कर्मचारीहरूले सबै कार्यालयमा ताल्चाबन्दी गरे ।”

विश्लेषण सुरू भयो –

पहिलो विश्लेषक – “स्यावास कर्मचारी वर्गहरू ! तिमीहरूको आँटका लागि । एउटा बहालवाला मन्त्रीले शान्ति सुरक्षाको सिपाहीलाई हातपात गर्ने, पाइन्छ यस्तो गर्न ? कानुन बनाउनेले कानुन हातमा लिने, ठीक गर्‍यौ तिमीहरूले । अन्यायीलाई कारबाही नहुन्जेल निरन्तर आवाज उठाउनुपर्छ, हड्ताल गर्नुपर्छ ।”

दोस्रो विश्लेषक- “च.च.. दया लागेर आउछ सीडीओप्रति । आफ्नो कार्यकक्षमा आफूमाथि हातपात हुदा चुप लागेर बस्यो । तत्काल थुन्ने अधिकार थियो, गोली ठोक्ने अधिकार थियो तर केही गरेन । जनताजस्तै अन्याय सहेर बसिरहृयो । हरे शिव ! ”

तेस्रो विश्लेषक – “त्यसो होइन सीडीओले जे गर्‍यो ठीक गर्‍यो । उसले प्रतिवाद गरेको भए अथवा अधिकारको प्रयोग गरेको भए आज मन्त्री विरुद्ध उर्लेको आवाज सीडीओ विरुद्ध उर्लिने थियो । उसले खाएको पिटाई गौण हुन्थ्यो । आफ्नो सरकार ढल्ने डरले अन्यायी मन्त्रीलाई कारबाही गर्न अग्रसर नहुने सरकार सीडीओ विरुद्ध खनिन्थ्यो र ऊ कारबाहीको भागिदार बन्थ्यो । सीडीओलाई कारबाही गर्दा सरकार कसैले ढाल्दैनथ्यो र विचरा सीडीओ भनेर कसैले भन्दा पनि भन्दैनथ्यो ।”

चौथो विश्लेषक – “उनका लागि भोट हाल्ने हातहरूले साइकलको हान्डिल समात्न पाएका छैनन्, उनीलाई गाडी चढ्न पाएर नपुग्ने, चिल्लो गाडी चाहिने, के जनताले चिल्लो गाडी चढ्ने आशीर्वादको भोट दिएका हुन् उनका लागि अथवा संविधान निर्माणको भोट हालेका हुन् ?”

पाँचौ विश्लेषक – “गाडी थोत्रो भयो भनेर एउटी मन्त्रीले मुड्कीले हानेर गाडी फुटालेको समाचार पढेको धेरै दिन भएकै छैन, फेरि अर्की मन्त्रीले गाडी पुरानो भयो भनेर सीडीओ कुटेको समाचार पढ्न पाइयो । के मन्त्रीहरू गाडी चढ्नकै लागि जन्मिन्छन् अथवा राष्ट्रियताको क्लेस मात्र पनि भाव बोकेका हुन्छन् ?”

हातमा नेपाल पत्रिकाको नयाँ अङ्क बोकेको मान्छेको विश्लेषण- “गुदी कुरो त अर्कै रहेछ, मन्त्रीको श्रीमान् भन्ने मान्छे रक्सोल, वीरगञ्ज निकासीपैठारी व्यापार गर्दोरहेछ, सीडीओले उसको व्यापारमा सहयोग गरेन रे त्यसैले पिटेको रे ।”

यता मन्त्री र सीडीओको विश्लेषण हुँदै थियो, अर्को एकजनाले कराएर समाचार पढ्यो –

“सचिवहरू महँगा गाडीमा । ८० प्रतिशत सचिवहरूसंग दुईवटा गाडी । सञ्चार, ऊर्जा र भौतिक योजना सचिवको गाडीको मूल्य डेढ करोड । प्रधान न्यायाधीश र मुख्यसचिवका पनि दुईवटा गाडी । अतिरिक्त गाडी परिवारको प्रयोगमा । भौतिक योजना तथा निर्माण सचिवले डेढ करोड पर्ने गाडीका अतिरिक्त तीन वटा छुट्टै गाडी राखेका छन् । सरकारी नम्बर प्लेट गैह्र कानुनी रूपमा परिवर्तन गरी निजी नम्बर प्लेट राख्ने सचिवको सङ्ख्या पनि कमी छैन ।”

“ओहो ! गरिब देशका धनी सचिवहरू बधाइ तिमीहरूलाई । देश धमिरा लागेको घरजस्तै खोक्रो भैसक्यो, कुन दिन ढल्ने हो थाहा छैन, तिमीहरूलाई डेढ करोड पर्ने गाडी चढ्न पुगेको छ, त्यो पनि तीन चार वटा । त्यसका लागि इन्धनमा कति खर्च लाग्ने हो ! तलवले पुग्छ तेल हाल्न गाडीमा, अथवा त्यसका लागि पनि सरकारी ढुकुटीमा धमिरा थपिने हो । जनता नुन खान नपाएर अलिनो खाँदैछन्, हाम्रा सचिवहरू लाखौँको नाजवाफको चर्तिकलामा छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई यतिबेला हामीले सहानुभूति प्रकट गर्नु सिवाय अरू के गर्न सक्छाँै, उसको आँखा बन्द भएकोमा । पशुपतिनाथले रक्षा गरेको देश । यसरी नै रक्षा भै रहोस् । शुभकामना ।”

हामीले चिया पिई सकेका थियौँ । हाम्रो यात्राको कोषाध्यक्ष देवहरिजीले चिया, समोसाको पैसा चुक्ता गर्नु भयो । हामीलाई समयले लखेटिसकेको थियो । यात्राको नियमितता प्रदान गर्न हामीलाई हतारो भैसकेको थियो । राष्ट्र – राष्ट्रियताको वहसलाई चटक्क छोडेर हामीले हाम्रा पाइला गाडीतर्फ बढायौँ । पाइला चाल्दाचाल्दै मेरो कानमा ठोकियो –

“सरकारी दलालहरू !, दैनिक भ्रमणभत्ताको नाममा सरकारी ढुकुटीको रकम खाएर, सरकारी गाडी चढेर, देश दर्शनमा हिँडेका छन् ।”

मैले पुलुक्क मुण्टो फर्काएर आवाजतिर हेरेँ । बोल्दै गर्ने मानिसको चोरऔँलो हामीतिर ठडिएको थियो । मैले देखेर पनि नदेखेझँ

गरेँ, सुनेर पनि नसुनेझँ गरँ । चुपचाप गाडीभित्र छिरँ, सिटमा बसें । देवहरिजीले पनि त्यसै गर्नुभयो । ड्राइभर पहिल्यै सिटमा बसिसकेको थियो । उसका हात पहिलेजस्तै स्टेरिङ्गमा सल्बलाउन थाले, गोडा एक्सिलेटर थिच्न व्यस्त देखिए । हाम्रो सेतो नम्बर प्लेटको गाडी बेजोडले हुइकियो पश्चिमबाट पूर्वतिर हामी यतिबेला आरामपूर्वक गाडीको सिटमा लेटिरहेका थियौँ

Mahesh Bikram Shaha – Badhshala Ma Buddha

महेशविक्रम शाह – वधशालामा बुद्ध
(नेपाल साप्ताहिक)

उसलाई बन्दी बनाएर वधशालामा ल्याई पुर्‍याइयो, जहा“बाट ऊ हिजो मात्र भागेको थियो । उसलाई थाहा थियो, ऊ भाग्दाभाग्दै समातिएको खण्डमा क्रूरतापर्ूवक मारिन सक्छ । तर, यस खतराका बाबजुद ऊ वधशालाको बीभत्स र भयावह वातावरणवाट आफूलाई मुक्त गर्दै खुला आकाशको खोजीमा निरुद्देश्य हान्निएको थियो । दर्ुभाग्यवश ऊ भाग्दाभाग्दै समातिएको थियो । उसलाई पाता फर्काउ“दै वधशालामा ल्याई पुर्‍याइएको थियो, जहा“ उसले वषौर्ंैसम्म इमानदारीपर्ूवक कुशल वधिकको रूपमा आफ्नो सीप र कौशलको जादु प्रदर्शित गरेको थियो । ऊ वधशालामा वध गर्नका लागि ल्याइएका मान्छेमाथि लागेको अभियोग, तिनीहरूको रूपरङ्ग, जीउडाल र वर्गीय चरित्रबाट कसलाई कस्तो मृत्यु उपयुक्त हुन्छ भन्ने कुराको निर्ण्र्ााआफ“ै गथ्र्यो । उसको मनुष्य वध गर्ने निपुरणताबाट वधशालाका महानायक वधिकहरूको चित्त प्रफुल्ल हुन्थ्यो । उसका कुशल कारिगरी हातले प्रहार गरेको तरबारको चोटलेे मान्छेको सग्लो शरीरबाट तीनका अङ्गहरू यसरी छुट्टन्िथे, जसरी एक सिपालु मालीले आफ्नो कैै“चीले गुलाबका हा“गाहरू छा“ट्ने गर्दछ । उसको हतियारले ताछिएका मान्छेका विरूप शरीरहरू छटपटाउ“दै बीभत्स चित्कार छोड्थे । तिनका चित्कारमा जति धेरैे पीडाको भाव झल्किन्थ्यो, वधशालाका वधिकहरूको मुहारमा त्यति नै तृप्तताको आभा तैरिन्थ्यो । आफ्ना महानायकको तृप्त अनुहार देखेर उसको शरीरका अङ्ग-प्रत्यङ्गहरूमा वीर रसको उन्माद चढ्न थाल्थ्यो । मान्छेका कोमल शरीरहरूलाई धारिलो हतियारले निर्ममतापर्ूवक ताछ्दाताछ्दै ऊ वधशालाको र्सवश्रेष्ठ वधिक बनेको थियो । उसलाई के अनुभव हुन थालेको थियो भने आफूलाई र्सवश्रेेष्ठ कहलाउनुु छ भने क्रूर कसाइ“ बनेर मान्छेका अङ्गहरू ताछ्न सक्नर्ुपर्दछ । आफ्नो अगाडि अष्टमीको बोकोसरि निरीह बनेर झुकेका मान्छेका टाउकाहरू देखेर ऊ औधी रोमाञ्चित हुन्थ्यो । उसलाई विश्वास लाग्न थालेको थियो कि दुनिया“मा हतियारभन्दा र्सवश्रेष्ठ केही रहेन छ । मै हु“ भन्ने मान्छेलाई पनि एक शब्द बोल्नु नपरी कति सजिलोस“ग कजाउन सकिन्छ †

अचानक एक दिन उसको जीवनमा एउटा घटना घटित भयो, जसले उसलाई यो सोच्न बाध्य पार्‍यो कि मान्छेभन्दा र्सवश्रेष्ठ एउटा हतियार हुन सक्दैन । वधशालामा मृत्युको लाइनमा आफ्नो पालो कुरिरहेको त्यो युवक शान्त मुद्रामा थियो । उसको युवा शरीरमा स्थिरता थियो । ऊ कुनै पनि अस्वाभाविक व्यवहार देखाइरहेको थिएन । उसको अनुहारमा किञ्चित पनि भय र पीडाका भावहरू थिएनन् । अन्य बन्दी मनुष्यहरूझैै“ ऊ वधिकस“ग आफ्नो प्राणको भीख मागिरहेको थिएन । उसको मानव रक्तले लतपतिएको शरीर र हातमा रहेेको तरबारतर्फहर्ेदै त्यो युवक मन्द-मन्द मुस्काइरहेको थियो । ऊ वधका लागि लामबद्ध मनुष्यहरूलाई पालैपालो एक-एक गरी चटाचट काटिरहेको थियो । तरबारको धारबाट तपतप आलो रगत चुहिरहेको थियो । आफ्नो पालोमा त्यस युवकले शिर ठाडो पारेर जीउलाई तनक्क तन्काएर उतिर हेरेकोे थियो । उसका आ“खामा मृत्युको भय होइन, मृत्युमाथिको विजयको उत्साह र उल्लासको भाव टप्किरहेको थियो । उसका आ“खाको तेज देखेर ऊ पहिलोपटक आफ्नो रक्तरञ्जित तरबारस“गै लगलग का“पेको थियो । उसका आ“खामा वधिकप्रति चरम घृणा होइन अपार दयाको भाव उर्लिरहेको थियो । उसका आ“खामा जागृत दयाकोे भाव देखेर ऊभित्रको निर्दय व्याधा पनि जरैदेखि हल्लिएको थियो । त्यो निरीह युवक जो उसको मृत्युघातक तरबारको चोट पर्खिरहेको थियो, यस कठिन घडीमा पनि ऊ बिल्कुल सामान्य थियो । उसको शान्त मुद्रा र ओठमा खेलिरहेको स्मित मुस्कानले उसलाई काफर बनाइरहेको थियो । ऊ आर्श्चर्यजनक रूपमा आफूलाई निरीह अनुभूत गरिरहेको थियो । यस अनुभूतिले उसलाई विक्षिप्त बनाएको थियो । “तिमीले मलाई मार्न सक्छौ तर पराजित गर्न सक्दैनौ वधिक ††” त्यस युवकको शान्त र गम्भीर आवाजले ऊ तर्सेको थियो । उसले बोलेका कुराहरू वधशालाको दर्शनविरुद्ध थिए । मनुष्यको वध गरेर मानवीय हितको पक्षपोषण गरेको भ्रममा रुमलिइरहेको वधशालालाई ऊ हाकाहाकी हा“क दिइरहेको थियो । मान्छेहरूका तर्कमा भन्दा हतियारको प्रहारमा विश्वास गर्ने वधशालाको र्सवश्रेष्ठ वधिक त्यस युवकको खुला चुनौतीले पागल बनेको थियो । विक्षिप्ततामा नै उसले त्यस युवकको गर्धनमा जोडले प्रहार गरेको थियो र ऊ छिनभरमै दर्ुइ फ्याक बनेर ढलेको थियो । उसको निर्जीव अनुहारमा पनि मोहक मुस्कानका अवशेषहरू बा“की नै थिए । ऊ माना“ै भनिरहेको थियो, “मेरो टाउको गि“डेर पनि तिमीले मलाई परास्त गर्न सकेनौ वधिक †” त्यस युवकले आफू मर्दामर्दै वधिकलाई पनि मानसिक रूपमा अधमरो तुल्याएर गएको थियो । पाइन् चढाइएको धारिलो हतियारले मान्छेको गर्धन छिनाले तापनि मान्छेलाई पराजित गर्न सकि“दोरहेनछ । त्यस युवकको शान्त मुद्रा, कान्तिमय अनुहार, तेजस्वी आ“खाहरू र ओठमा खेलिरहेको मृदु मुस्कानले उसको सुषुप्त चेतनालाई झकझक्याएको थियो । उसमा आत्मबोध भएको थियो कि उक्त युवकलाई मारेर पनि उसले आफूलाई विजेता कहलाउन सकेन ।

वधशालाको दृश्य फेरिएको थियो । वधशालाको त्यो वधिक जसले सयौ“ मान्छेका अङ्गहरू ताछीताछी आफ्नो श्रेष्ठता कायम गरेको थियो, ऐले बन्दीको रूपमा थियो । ऊ बन्दीको रूपमा वधशालाको रक्ताम्य भुइ“मा लडिरहेको थियो । उसका हात र खुट्टाहरू फलामको साङ्लोमा जकडिएका थिए । वधशालामा विभिन्न्ा स्तरका वधिकहरूको आवतजावत बढ्दो थियो । वधशालाका हरेक वधिकहरूको आ“खामा आर्श्चर्य थियो । तिनका आ“खामा ऊप्रति चरम घृणा, रोष र दोषका भावनाहरू प्रकट भइरहेका थिए । तर, ऊ यी सम्पर्ूण्ा गतिविधिहरूवाट बेखबर आफ्नो जीवनको दिशा बदल्ने त्यस युवकको शान्त, सौम्य र धीर अनुहारलाई स्मरण गरिरहेको थियो । रातभरको शारीरिक यातनाले थिलथिलो बनेको थियो उसको शरीर । उसको घा“टी तिर्खाले प्याकप्याक भइरहेको थियो । उसलाई आभास भइसकेको थियो कि अब छिट्टै नै तिनीहरूले उसलाई मृत्युदण्ड दिने छन् । मृत्युको कल्पनाले मात्र पनि ऊ विचलित भयो । आफ्नो तरबारले मान्छेका टाउकाहरू गि“ड्दा उसले कहिल्यै आफू पनि एक दिन मर्नर्ुपर्छ भन्ने सोचेको थिएन । यो त्यही वधशाला थियो, जहा“ उसले मान्छेका गि“डेका टाउकाहरूमा लात्तीले हान्दै भुकुण्डो खेलेको थियो तर एक दिन यही भूमिमा आफ्नो टाउको पनि भकुण्डो बन्ने छ भन्न्ो सम्भावनाको आकलन उसले कहिल्यै गर्न सकेको थिएन । तर, आज उसले कहिले नसोचेको, नचिताएको घटना घटित हुन गइरहेको थियो । उसले अरूको वध गरेझ“ै ऊ पनि एक वधिकबाट काटि“दै थियो । उसलाई साङ्लोले पशुलाई डोर्‍याएझै“ डोर्‍याएर वधशालाको वधस्थलमा ल्याई पुर्‍याइयो । उसले त्यहा“ देख्यो हात पछाडि बा“धिएका नाङ्गा मान्छेहरू वध गर्नको लागि तयार गरिएका छन् । उसलाई अचानोनिर उभ्याइयो । हातखुट्टाहरूलाई सिक्रीबाट मुक्त गरियो । उसको नाङ्गो शरीरमा आलो रगत लेपन गरियो । ऊ ऐले वधशालाको पहिलेकै रक्तपिपासु वधिकमा परिवर्तित भएको थियो । उसको हातमा उसले प्रयोग गर्ने गरेको रक्तरञ्जित तरबार थमाइयो । हातमा तरबार समातेर का“प्दै ऊ किर्ंकर्तव्यविमूढ ठिङ्ग उभिरह्यो । यहा“ उसलाई उसको वध गर्न होइन, उसको हातबाट अरूको वध गराउन ल्याइएको थियो ।

“त“ वधशालाको वधिक होस् । तेरो धर्म मान्छेहरूको वध गर्नु हो । आफ्नो तरबारले दुस्मनका टाउका काट्नु तेरो कर्तव्य हो, नायक,” वधशालाको महानायकको आवाज लहरि“दै आयो उसका कानमा ।

उसले आफ्नो हातमा थमाइदिएको धारिलो हतियारलाई हेर्‍यो । घ्रि्रो तेर्स्याएर उ“धो मुन्टो लगाई उभिरहेका मनुष्यहरूतर्फहेर्‍यो । उसले आफ्ना आ“खाहरू चिम्ल्यो । उसले देख्यो उसको मनभित्रबाट त्यही युवकको शान्त र कान्तिमय अनुहार मन्दमन्द मुस्कुराउ“दै चियाइरहेको थियो ।

“तरबारले टाउको काटेर मान्छेलाई पराजित गर्न सकि“दैन महानायक ˜˜ ।।” ऊ घोक्रो फुलाएर करायो । उसले हातमा रहेको तरबारलाई जोडले पर हुत्यायो । वधशालामा कोलाहल मच्चियो । वधशालाको भगौडा वधिक अहिंसाको राग अलापिरहेको छ । वधशालाको घोर अपमान †† वधशालाका मूल्य-मान्यताहरूप्रतिको क्रूर प्रहार † आक्रोशले चूर भयो वधशाला ।

ऊ फेरि फलामे साङ्लोले घेरियो । उसलाई वधशालाको बीचोबीच रहेको मौलोमा ल्याएर बा“धियो । यो त्यही मौलो थियो, जहा“ ऊ पहिले वधशालाका दोषी मनुष्यका गर्धनहरू छिनालेर वधशालाका सिकारु वधिकहरूलाई वध गर्ने नौलानौला विधि र तरिकाहरू सिकाउने गर्दथ्यो । तर अफसोच † आज ऊ स्वयं त्यस मौलोमा बलि चढ्न गइरहेको थियो । वधशालामा मृत्यु उत्सव थियो । वधशालाको दर्शनविरुद्ध जाने कुल्याहालाई मृत्युदण्ड दिने दिनमा मृत्यु उत्सव मनाइन्थ्यो । वधशालाको सम्पर्ूण्ा दृश्य रक्तरञ्जित थियो । मान्छेको आलो मासु पोलेको गन्धले वातावरण रङमङएिको थियो । वधशालाका महानायक र नायकहरू शरीरमा विभिन्न प्रकारका हातहतियारहरू धारण गरेर र्सवाङ्ग नाङ्गै मौलोवरिपरि उभिएका थिए । तिनीहरूको नाङ्गो शरीरमा रगत लेपन गरिएको थियो । तिनका अनुहारहरू थरीथरीका मुखुण्डाले छोपिएका थिए । तिनका गलामा मान्छेका खप्परहरूको माला लत्रिएको थियो । महानायक र नायकको पछाडि रक्तसेनाहरू उभिएका थिए । रक्तसेनाहरूमध्ये कोही हात-खुट्टाका नलीहाड फुकिरहेका थिए, कोही करङका हड्डीहरू रेटिरहेका थिए भने कोही हातले खप्परमा ठटाइरहेका थिए । यस क्रियाको फलस्वरूप त्यहा“ अनौठो धुन सिर्जना भइरहेको थियो, जसलाई मृत्यु सङ्गीत भनिन्थ्यो । उसले आफ्ना सपाट आ“खाले आफ्नो मृत्यु समारोहको सरर्सर्ती निरीक्षण गर्‍यो । उसले देख्यो कि उसको वरिपरि वधशालाका महानायक र नायकका रक्तमय नाङ्गा शरीरहरू उभिइरहेका छन् । उसले अनुभूत गर्‍यो मरेको मान्छेको अस्थिपञ्जरबाट मृत्यु सङ्गीतको धुन निकालिरहेका असङ्ख्य रक्तसेनाहरूको हावभाव । “मेरो मृत्यु नजिक छ,” उसले आफ्नो मृत्युको कल्पना गर्‍यो । मृत्यु ग्रहण गर्नुभन्दा पहिले उसले वधशालाको समग्र स्वरूपलाई हर्ेन चाह्यो, जहा“ उसले वषार्ंर्ैैम वधिकको रूपमा तरबारले मान्छेका टाउकाहरू उछिट्याएर आफ्नो जीवनलाई सारहीन र गन्तव्यविहीन तुल्याएको थियो । उसले आफ्नो अन्तिम घडीमा वधशालाको सम्पर्ूण्ा परिवेश नियाल्ने इच्छा गर्‍यो । उसले हेर्‍यो वधशालाको त्यो सा“घुरो कक्ष, जहा“ भोक र प्यासले छटपटिएका बालकहरू थुनिएका थिए । उसले आ“खाले र्स्पर्श गर्‍यो ती बालकहरूलाई जो वधशालाको वधिक बनाउन तिनका आमा र बाबुको कोखबाट जबर्जस्ती खोसेर ल्याइएका थिए । ती बालकहरू भविष्यका रक्तसेनाहरू थिए । ती बालकहरूलाई उसले पनि सिकाएको थियो कि वधशालाको दर्शन नै दुनिया“को र्सवाेच्च दर्शन हो । र, यही दर्शनको कार्यान्वयनका लागि उसले ती बालकहरूलाई मान्छे मार्ने विभिन्न उपकरणहरू र मृत्युका विविध तरिकाहरूका बारेमा प्रशिक्षण दिएको थियो । उसले स“गै जोडिएको अर्काे विशाल कक्षमा हेर्‍यो, जहा“ वयस्क युवाहरूलाई वधशालाका सिद्धान्तहरू सिकाइ“दै थियो । वधशालाको एउटा नायकले-मृत्युदण्डका विविध विधिहरूका बारेमा प्रवचन दिइरहेको थियो । नजिकै अन्य युवाहरू मृत्युदण्डका विधि र तरिकाहरूका बारेमा व्यावहारिक प्रयोग गरिरहेका थिए । भिन्नभिन्न अपराधका अपराधीहरूलाई वध गरिने विविध विधिका प्रयोगहरू । उसलाई ग्लानि भयो कि विगतमा निरुद्देश्य ऊ पनि यस कार्यमा संलग्न थियो । उसले पनि आफ्ना शिष्यहरूलाई मृत्युका कठोर प्रयोगहरू सिकाएको थियो । उक्त प्रयोग-प्रशिक्षण-सत्र भयावह र बीभत्स हु“दै गइरहेको थियो । उसले आफ्नो दृष्टिलाई अर्काे स्थानमा स्थिर गर्‍यो, जहा“बाट मान्छेका करुण चित्कारहरू बाहिर प्रतिध्वनित भइरहेका थिए । त्यस कक्षमा मृत्युको पालो पर्खेर बसेका विभिन्न लिङ्ग, उमेर, वर्ग र पेसाका निर्दाेष मनुष्यहरू थिए, जो वधशालाको दर्शनको विरुद्धमा उभिएको आरोपमा आरोपित थिए । महिना“ै दिनसम्म थुनिएर रहेका ती अभागी मुनष्यहरू केवल अस्थिपञ्जरका अवशेष थिए । तिनका शुष्क गलाबाट निस्केको
करुण क्रन्दनले वधशालालाई वधमय बनाइरहेको थियो । कैदी मनुष्यका मृत्युको त्रासले भयातुर अनुहारहरू देखेर ऊ मर्माहत बन्यो ।

उसले हेर्‍यो, आफ्नो ठीकअगाडि जहा“ मान्छेका कङ्कालहरूका स-साना थुम्का निर्माण भएका थिए । वधशालावरिपरि जहा“तही“ रगतका कुण्डहरू थिए । कङ्कालहरूका पहाड र रगतका कुण्डहरूलाई हर्ेदै उसले सोच्यो, यी कङ्कालका पहाड र रगतका कुण्डहरूले पनि वधशालाको महत्तालाई सिद्ध गर्न सक्ने छैनन् । भविष्यले यस वधशालाका महानायक र नायकहरूस“ग यी मानव कङ्कालका पहाड र रक्त कुण्डहरूको मूल्य माग्ने छ ।

“र्सवथा मिथ्या हो, यो वधशाला र मिथ्या हुन् यहा“का अनुयायीहरू,” उसले चर्काेे स्वरले चिच्याउ“दै भन्यो ।

उसका शब्दहरू सुनेर वधशालाको मृत्यु-उत्सव वातावरणमा चकमन्नता छायो । एकैछिनको निःशब्दतापश्चात् त्यहा“ मृत्युको धुनमा रक्तसेनाका मृत्यु-प्रलापहरू गुञ्जन थाले । र, यो प्रलाप मृत्युको धुनस“गै अझ तीव्रतर ह“ुदै गयो ।

मृत्यु उत्सवको अन्तिम चरण आयो † मनुष्य वध मौलोवरिपरि उभिएका वधशालाका महानायक र नायकहरूमध्येबाट एक जना नायक हातले बडेमाको तरबार उचालेर ऊतिर लम्क्यो । मृत्युको सङ्गीत झन् पर्खर भयो र प्रखर भए रक्तसेनाका प्रलापहरू † उसले देख्यो, एक जना वधिक तरबार उचालेर ऊतिर लम्किरहेको छ । आफ्नो मृत्यु समारोहमा उसले बल्ल थाहा पायो कि वास्तवमा ‘मृत्यु’ कति भयानक र पीडादायक हु“दोरहेछ । सयौ“ मान्छेका टाउकाहरू छिनाल्दा उसलाई कहिल्यै मृत्युको पीडा महसुस भएन । अर्काको अवास्तविक, अकाल र अप्राकृतिक मृत्युमा उसले जहिले पनि आफूलाई ‘मृत्यु विजेता’ ठान्यो । तर, उसलाई अहिले बोध भयो कि उसको त्यो अनुभूति मात्र एक रक्तपिपासु व्याधाको पागलपनसिवाय केही थिएन ।

“मलाई वध गरेर पनि यिनीहरू मेरो अहिंस्रक विचारलाई मार्न सक्दैनन् । मलाई पराजित गर्न सक्दैनन्,” यस दिव्यज्ञानको प्रकाशले उसको अनुहार देदीप्यमान भयो । उसले प्रत्यक्ष आफ्ना आ“खाअगाडि आफ्नो हातबाट कालकवलित भएको त्यही युवकको प्रदीप्त अनुहार देख्यो ः शान्त मुद्रा, अर्धमुदित आ“खाहरू, कान्तिमय अनुहार र ओठमा खेलिरहेको मृदुल मुस्कान । युवकका ओठहरू विस्तारै चलमलाए । र, उसले पहिलोपटक उक्त युवकको मधुर स्वर सुन्यो ः

“हे अहिंसाका अनुगामी † तिमीभित्र पनि बुद्ध छ † आफ्नो बुद्धलाई तिमी आफ“ैभित्र खोज † वधशालाको अन्तिम सत्य पनि बुद्धत्वको परिनिर्वाण हो ।”

उसले पनि मानौ“ मोक्ष प्राप्त गर्‍यो । उसको गलाबाट अनायास गम्भीर स्वर प्रस्फुटित भयो ः “बुद्धम् शरणम् गच्छामि ˜˜

धम्मम् शरणम् गच्छामि ˜˜
सङ्घम् शरणम् गच्छामि ˜˜।”

वधशालाको मृत्यु उत्सवमा अचानक चकमन्नता छायो, “बुद्धम् शरणम् गच्छामि ˜˜।” मृत्युदण्ड पाएको भगौडा वधिकको गलाबाट एकोहोरो बुद्धत्व प्राप्तिको अलाप गुञ्जिरह्यो ।

किर्ंकर्तव्यविमूढ छ वधशाला, किर्ंकर्तव्यविमूढ छन् वधशालाका अनुयायीहरू र बिलखबन्द छ तरबार हातमा उचालेर उभिरहेको वधिक † वधशालामा एकोहोरो “बुद्धम् शरणम् गच्छामि ˜˜” को ध्वनि घनिभूत हु“दै गइरहेको छ । यस सात्विक ध्वनिले वधशालाको समग्र वातावरण गुञ्जायमान भइरहेको छ । वधशालाका रक्तसेनाका ओठहरू पनि विस्तारै चलमलाउन थालेका छन् । तिनीहरू आर्श्चर्यचकित छन् कि यो गुञ्जन मृत्यु उत्सवको सङ्गीतभन्दा अत्यन्त सजीव, मोहक र कर्ण्र्ाा्रय छ । वधशालाका महानायक र नायकहरू भने निःशब्द छन् । तर, तिनीहरूको अनुहारको हाउभाउले स्पष्ट सङ्केत दिइरहेको छ कि यस प्रखर आवाजले तिनीहरूभित्रको बुद्धलाई पनि सुस्तरी ब्यू“ताइरहेको छ ।

नेपाल साप्ताहिक
अंक ११४

Mani Lohani – Nadiya Ra Parewaharu

मणि लोहनी – नादिया र परेवाहरू
(गोरखापत्र)

‘उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहन्थे ।’ आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान हुँदैन भन्नेमा ऊ विश्वस्त थियो । त्यही भएर उनी आफ्नी पत्नी नादियालाई शरीरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहन्थे ।

‘मैले मानिन ।’ नादियाले लामो सुस्केरा फाली । इराकी नौजवानहरूका खुनमा दौडिएको राष्ट्रियता उनको खुनमा पनि थियो । किनभने मेरा पति पनि इराकी जवान थिए ।’

अफरोज इराकी सेनाको ज्यादतीलाई नरोकी बाबु बन्न पनि चाहँदैनथे । उनी अक्सर नादियासँग भन्थे रे, ‘हेर हामै्र जीवनको कुनै ठेगान छैन । यस्तोमा के सन्तानको लोभ गर्नु ? हामी मर्यौं भने तिनीहरूको विचल्ली हुँदैन ?’

‘अफरोजको यो प्रश्नको मसँग कुनै जवाफ थिएन । त्यही भएर पछिल्ला दिनहरूमा मैले उनीसँग सन्तानको जिद्दी गर्न छाडिदिएँ ।’ पछ्यौराजस्तो सानो कालो कपडाले उनले कपाल छोपिन् । मोटो भए पनि फुर्तिलो कालो ज्यानकी उनी मसँग पति वियोगका कुराहरू गरिरहेकी छिन् । आफूलाई आत्मघाती विस्फोटमा मर्न प्रोत्साहन गर्ने निर्दयी पतिको वियोगमा उनी विहृवल थिइन् । भनिन् ‘ऊ त मरिहाल्ने रैछ । मैले उसले भनेको मानेको भए पनि हुने रहेछ । कम्तीमा ऊ खुशी त हुन्थ्यो ।’

यतिखेर हामी इराकी राजधानी बग्दादमा रहेको एक महिला शरणार्थी शिविरमा छौँ । यहाँ सयौँ विधवा महिलाहरू छन् । मानिसका लागि सहयोग भन्ने एक अन्तर्राष्ट्रिय संस्थाले मलाई यहाँसम्म आउने अवसर दिएको हो । विश्वका प्रायः सबै मुलुकमा सञ्जाल भएको मानिसको लागि सहयोग भन्ने संस्थाले विशेषगरि द्वन्द्व र युद्धका चपेटामा परेका महिलाहरूको पक्षमा काम गर्छ । यसै संस्थामा आवद्ध रहेकी महिला अधिकारकर्मी हाना हदवरले यस महिला शरणार्थी शिविरमा भएका कामहरू हामीलाई बताइरहेकी छिन् । मसँगै पाकिस्तानका फारुक रहमान, जापानका अकिहितो नोकु र भारतकी शलिना वर्मा छिन् । अकिहितो र शलिना महिला अधिकारकर्मी हुन् भने फारुक र म पत्रकारका नाताले यहाँ छौँ ।

शिविर आइपुगेको दोस्रो दिन बिहान म आफ्नो कोठाको झ्यालमा बसेर बैराग लाग्दो इराकी राजधानी नियालिरहेको थिएँ । टाढा टाढासम्म रुखविरुवा कतै नदेखिने यो रङ्गहिन सहरभन्दा पनि निरिह छ यो शिविर जहाँ हामी छौँ । शान्त र जीवनहीन जस्ता देखिने सयौँ महिलाहरू मौन र चुपचाप छन् यहाँ । कोही कसैसँग बोलेको सुनिदैन । हाना बताउँदैन थिइन् । शिविरभित्रका महिलाहरू अकसर एक आपसमा बोल्दैनन् रे । पीडाले आक्रान्त उनीहरू थाहा छैन मौनतामा कस्तो शान्ति भेट्थे ? त्यसो त मौनतामा झन् ठूलो कोलाहल हुन्छ । झन् ठूलो तनाव र झन् ठूलो पीडा हुन्छ ।

‘बोल्नै पर्ने कुरामा पनि थोरै बोल्छन् यिनीहरू’ हानाले भनेकी थिइन् ‘यिनीहरूको मनमा अलि राम्रो जीवन पनि बाँच्न सकिन्छ भन्ने भावना जन्माउनु निकै कठिन काम हो ।’

त्यसो त इराक प्रवेश गरेदेखि नै मैले त्रास र तनावमुक्त आँखा कसैको पनि देखिन । यही हाना जो लामो समयदेखि यस शिविरमा काम गरिरहेकी छिन् उनकै आँखामा पनि विचित्रको डर छ ।

‘हाना, यो के को डर हो तिम्रो आँखामा ?’ शिविर आइपुगेकै साँझ मैले सोधेथेँ ।

‘अरूलाई भन्ने त हुँदैन लोहनी, तर हामी पनि कहाँ सुरक्षित छौँ र ?’ मन डरले ढक्क फुल्यो ।

‘किन के भनेकी ?’ म आँत्तिए ।

‘हामी इराकी आतङ्ककारी र अमेरिकी सैनिक दुवैको तारो छौँ । किनभने हामीले इराकी सामान्य नागरिक होस् या आतङ्ककारी सबैका विधवालाई यहाँ शरण दिएका छौँ । आतङ्ककारी र अमेरिकी सैनिक दुवैलाई लाग्छ, यहाँभित्र बसेर हामी उनीहरूका विरुद्धमा योजना बनाइरहेका छौँ । त्यही भएर यहाँ पटक पटक आक्रमणका प्रयास पनि भएका छन् ।’ हानाको कुरा नसकिँदै शलिना डरले मेरो हात चपक्क समाउँछे । म उनको कुममा हात राख्छु र नडराउन अनुनय गर्छु आँखाले ।

म अघि कुरा गर्दैथिएँ शिविर आइपुगेको दोस्रो दिन बिहानको । त्यस बिहान झ्यालबाट बाहिर हेरिरहँदा मैले जीवनविहिन झैँ शिविरको एक कुनामा एउटी २४-२६ की महिलाले परेवालाई चारो खुवाउँदै गरेको देखेँ । आफ्नै जीवनमाथि विश्वास र सम्मान गर्न नसकिरहेकाहरूको यो भीडमा अरूको जीवनको ख्याल गर्दै चारो खुवाइरहेको दृश्यले मलाई निकै रोमाञ्चित बनायो ।

म कोठाबाट तल ओर्लिएँ । उनीसँग परिचय गरिहालेँ । त्यही चारो खुवाउँदै गरेको अवस्थामा भेटेकी महिला नै हुन् नादिया हुसेन । उनका पति र तीन दाजुभाई अमेरिकी सैनिकबाट मारिए । बाबुआमा पहिल्यै स्वर्गे भइसकेका थिए । उनको घर जलाइयो । पछिल्ला महिना नादियाले अझ बढी कष्टमय दिनहरू झेल्नुपर्‍यो । अहिले उनी यही शरणार्थी महिला शिविरमा छिन् । यो ठाउँ इराकी विधवाले समाजमा खेप्नु परेको जोखिम र सास्तीबाट बच्ने ठाउँ हो । यहाँ उनको काम भनेको खाना पकाउने हो । बिहानको एक समय भने उनी सधैँ परेवालाई चारो खुवाउन भुल्दिनन् ।

‘यिनीहरूको जीवनको पनि के भर, कतिवेला कहाँ बमको छर्राले भेट्टाउने हो ?’ उनले फेरि लामो सुस्केरा फालिन् ‘यहाँ कसैको पनि जीवन सुरक्षित छैन । तपाईंहरूको पनि छैन ।’ नादियाका शब्दहरू गोलीका पर्राजस्तो लाग्छ शलिनालाई शायद र उनी फेरि मेरो हात समाउन आइपुग्छिन् डरले ।

‘मेरा श्रीमान् मलाईभन्दा बढी देशलाई माया गर्थे र म उनलाई भन्दा बढी माया कसैलाई पनि गर्न सक्दिनँें । मलाई आफ्नो जीवनको माया लागेकै उनको कारणले हो । उनी नहुँदा हुन् त म उहिल्यै शरीरमा आत्मघाती बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा छिरिसकेकी हुन्थेँ ।’ प्रेममा पनि यो कत्रो आतङ्क । यो कत्रो विध्वंस । सुनेर हामी हैरान हुन्छौँ । अकिहितो त आँखाभरि आँसु बोकेर नादियालाई हेरिरहन्छ । इराक छिरेदेखि नै उ त नर्वस जस्तै भएको छ । राम्रोसँग बोल्न पनि सकिरहेको छैन । बेलाबेलामा जापान फर्किन नपाइने हो कि भन्ने चिन्ताले ऊ व्याकुल पनि हुन्छ ।

‘तर अब मलाई डर छैन ।’ नादियाका काला ठूला आँखा राता हुन्छन् ।

‘हेर्नोस् अफरोज मारिए पछि मेरो जीवनको पनि कुनै सार रहेन । अब म बमले आफैँलाई उडाइदिन चाहन्छु । म मलाई अति नै प्यारो लागेको मानिसलाई मबाट छिनेर लैजानेहरूलाई मार्न चाहन्छु ।’ नादियाको मनमा उम्लिएको बदलाको भाव देखेर हामीलाई नरमाइलो लाग्छ । यो शिविरमा अन्य कैयौँ विधवाहरू छन् । उनीहरू कसैको मनमा पनि यस्तो बदलाको भाव देखिएको थिएन । उनीहरू जे भयो त्यसलाई ‘अल्लाहको इच्छा’ भन्ने ठान्दा रहेछन् ।

नादिया बदलाभाव भएकी एक्ली महिला भए पनि पतिवियोगको पीडा आउने उनी एक्ली महिला होइनन् । सन् २००३ मा आक्रमण हुनु अघि नै इराकमा लाखौँ विधवा थिए । धेरैले सन् १९८० को इरान युद्धमा पनि पति गुमाएका थिए । अहिले पनि प्रतिदिन सय जना इराकी महिलाहरू विधवा हुने गरेका छन् । बग्दादमा जहाँ गए पनि मस्जिदको बाहिर सिँढीमा माथिदेखि तलसम्म कालो बुर्काले छोपिएका महिलाहरू भेटिन्छन् र ती सव विधवा इराकी हुन् ।

साता दिन लामो बसाई सकेर हामी जोर्डन फर्किन्छौँ । तीन दिनपछिका लागि हामी सबैको एयर टिकट मिल्छ । यहाँबाट हामी चारैजना आ-आफ्नो देश फर्किंदै छौँ । मानिसका लागि सहयोगको जोर्डनस्थित कार्यालयलाई हामीले बग्दादको रिपोर्ट बुझाउनु पर्नेछ ।

साँझ म कोठामा बसेर रिर्पोटको खेस्रा गरिरहेको हुन्छु । शलिना हुत्तिदै आउँछिन् र मलाई अँगालेर रुन थाल्छिन् । त्यत्तिकैमा फारुक र अकिहितो पनि रुँदै आइपुग्छन् । म केही बुझ्दिन ।

‘के भयो किन रोएको ?’ म काखको ल्यापटप टेबुलमा राख्छु । मेरा आँखा पनि भरिसकेका छन् डरले ।

‘हामी बग्दादमा बसेको महिला शिविरमा अमेरिकी सेनाले बम आक्रमण गरेछ । हाना लगायत ३७ विधवाहरू मरेछन् ।’ शलिनाले रुँदै भनिन् ।

‘अनि नादिया ?’ मैले एक्कासी नादियालाई सम्भिmएँ ।

कोही पनि बोलेनन् । मलाई त्यो ३७ जनामा नादिया नपरे हुन्थ्यो झँै लागिरहृयो । पछि थाहा भयो हामी आएकै बिहान नादिया शिविरबाट भागिछिन् र शरीरभरि आत्मघाती बम बेरेर बग्दादको उत्तरमा पर्ने फालिका रोडमा अवस्थित अमेरिकी सैनिक क्याम्पमा छिरिछिन् । विस्फोटमा ११ अमेरिकी सैनिकको ज्यान गएछ । त्यही घटनाको बदलामा अमेरिकी सैनिकले भोलिपल्ट बिहान शिविरमा बम प्रहार गरेको रहेछ । सयौँ हताहत छन् भनेर अलजजिरा टेलिभिजनले बताइरहेको थियो ।

मलाई भने नादिया र चारो खान आउने परेवाहरूको मात्र याद आइरहृयो ।

Kusum Gyawali – Nata

कुसुम ज्ञवाली – नाता (लघु कथा)
[From: शहीदले बिर्सेको गाउँ (लघुकथा संग्रह)]

‘एक्सक्यूजमी !’ ‘ओवर हेड क्रसिङ्ग ब्रिज’ मुनी धमिलो उज्यालोमा कुनै नारी स्वरले म टक्क उभिएँ । ‘जाने हो ?’ उसले सोधी । मैले ‘हो’ भनेँ । ‘होटल कि कोठा ?’
‘कोठा ……. । पूरै रातको एक हजार हुन्छ ?’
ऊ मसँगसँगै गई । अँध्यारो थियो, त्यति राम्ररी चिनिदैन थियो । रातिको खाली सडकमा हुइकिँदा ट्याक्सीमा बानेश्वर पुग्न कतिबेर लाग्थ्यो र ?

घरबेटीको डरले मैले सुस्त गेट खोलेँ बत्ती नबालिकन तल्लो तलाको मेरो कोठामा छिरेँ । ऊ पनि मेरो हात समातेर उभिइरहेकी थिइ । मैले मधुरो बत्ती बालेँ । रानीपोखरीबीचको जमलेश्वरको मन्दिरमा तिहारमा टीका लगाइदिँदा खिचेको फोटो मुनी उही चेहरा उभिएको थियो ! पूर्णतया नग्न अवस्थामा ।