Yuddha Prasad Mishra – Jaya Dhwani

युद्धप्रसाद मिश्र – जय ध्वनि

गुज्रिंदै चारै तरफ छन् देशका जय जय ध्वनि
खोल्दैछन् नेत्र केही धर्म-अन्धाले पनि

क्रान्तिकी रण – चण्डिका छन् खूनकी प्यासी बनी
झल्कने बेला छ ऐले शान्तिको नव रोसनी

भावना बलिदानको लिई मास्दछौ१ (मार्दछौं) शत्रु भनी
फैलिएको आज लाखौं झोपडिमा सन्सनी

वर्ग पीडित आज ब्यँझ्यो आत्मबलको भै धनी
पर्न आँट्यो वर्ग पीडक देशका धावा भनी

१९८१