धुर्त हरुले झैं
उसले जीवन
राजनीतिमा लगाएन
थाहा भएन उसलाई
कुन कुन पदार्थ
वरण गरेपछि
सभ्य भइन्छ भन्ने कुरो
उसले जानेन
जीवन सार्थक पार्ने
तथाकथित कला, अभिनय र अध्यात्म
उसले गरेन
भैंसी र गोबरबाहेकको
कुनै ईश्वरको सेवा
खेत र कोदालीको स·तबाहेक
ऋषि, पुरोहित, नेता, व्यापारी
आदि जालीहरूसँग उसले गरेन मित्रता
उसको नाम
आँगनबाट खेत
र खेतबाट आँगनबाहेक
कतै पुगेन, फैलिएन
चाहेन उसले नामको विस्तार
खोजेन उसले
ठूला मान्छेहरूबाट
फ् नामको उच्चारण
ध्यानस्थ जुटिरह्यो ऊ
माटोमा