Chandra Ghimire – Sudkhor Dashain

चन्द्र घिमिरे – सुदखोरदशैं!
(Source: Himal Khabar)

दोर्जेलाई भेडी चराउन अरब पठाउने दलालझ्ैँ
सधैँ पाल्सी कुरा गर्नेे
कसैकहाँ घन्चमन्चसँग आउने
कसैलाई महँगीले दम बढाउने
छोरीलाई फरिया छेक्दा
ए खुर्माने Continue reading “Chandra Ghimire – Sudkhor Dashain”

Rajendra Sharma – Sheesha Ra Ratna Haru

राजेन्द्र शर्मा – शीशा र रत्नहरु

सूर्यको किरण
फुटेका शीशाका टुक्रामाथि झरेपछि
जाज्वल्यमान् ज्योतिपुञ्जहरु झैँ
झल्झलाकार छन्
प्रत्येक टुक्रा
लाग्छ उनीहरु नै हीरा हुन् ।

मानौ यस धर्तीमा
उनीहरु Continue reading “Rajendra Sharma – Sheesha Ra Ratna Haru”

Abir Khaling – UU

अबिर खालिङ्ग – ऊ

फिदाइन पाइलाहरु हिंडेर
ऊ गई हाम्रो गाउँबाट टाढा
कोलाहलको कपिलवस्तु घुम्न
वोधिसत्व बेईमानीको बगदादमा हेर्न ।

चर्चवेलमा कसरी पड्कन्छ आजकल बम
कसरी मस्जिदमा पस्छ साइकलसँगै
आतंकको ठूलो स्वर ?
मन्दिरहरु गुरूद्वाराहरुमा लादेनको निश्वास छ
ईश्वर निर्वासित छ वर्तमान ।

लुंग्दरमा छ कि ?
बिहानीको चरीको गीतमा पो छ कि ?
डावामा छैन, पानीमा छैन
मान्छेको गीतमा छैन ।

रेलको चर्को सिटीमा
नरसंहारको गीत गाउँदै ऊ गएदेखि
अँह, ऊ आएकी छैन
हाम्रो गाऊँमा
मान्छेको गाँउमा ।

(Sent to Sanjaal Corps via Email)

Bishnu Prabhat – Ghodaharu / Ghodiharu

विष्णु प्रभात – घोडाहरू/घोडीहरू

लामो यात्राका लागि छानेका घोडाहरू
घोडा नभएर गधा परेछन्
चङ्गेज खाँको घाँसे मैदानमा चरेर
जङ्गबहादुरको नाचघरमा कराइरहेछन्
मीठो गीत गाएको भ्रममा
अरूसँग हैन,
आफैँसँग डराइरहेछन्
एउटा अर्कोको नजिक पर्दा
धातु–जाँचक लगाइरहेछन्
हाम्रो सभ्यता बिगार्न
जण्डु–पातकी आइरहेछन्
कसैले पान चपाइरहेछन्
कसैले स्वाभिमान चपाइरहेछन् ।

लामो यात्राका घोडीहरू
सुत्केरी नभैकन बछडा डुलाउँदै छन्
आफ्ना अस्तबलहरूमा
विदेशी टाँगन हुलाउँदैछन्
बस्ती भुलेर मस्ती उडाउँदै
पराश्रयको बग्गी गुडाउँदै
सगोलका सम्बन्ध चुँडाल्दैछन्
जनसमर्थनका पटट्ट ताली हैन
जनसमरका भटट्ट नाली बजे पनि
मालिक विरुद्ध हिनहिनाएको भ्रममा
परस्परमा कराइरहेछन्
बगाल फुटाल्दै हराइरहेछन् ।

दुर्गतिको खाडलमा पीप भरेर
समाज र सभ्यताको चरु होम्दै
वंशहरणको दिग्विजयमा
अश्मेध यज्ञको तयारी हुँदैछ !
तैपनि,
घोडाहरू घोडीहरू
हिन्हिनाइरहेछन् पुच्छर हल्लाउँदै
हिन्हिनाइरहेछन् याल हल्लाउँदै ।

Saroj Dhital – Preyasi Ra Phool

सरोज धिताल – प्रेयसी र फूल

भीरमा फुलेको गायत्री फूल
उसको जुरोमा पक्कै सुहाउंछ
किनकि त्यस्तै गुलाबी हुन्छ उसको
मधुर मुस्कान ।

तर मेरी मायालाई
गायत्री फूल
सबभन्दा बढी भीरमै सुहाउंछ
किनकि ऊ माया गर्न जान्दछे ।

लेकमा फुलेको लालीगुरांस
उसको केसमा अझै सुहाउंछ
किनकि त्यस्तै रातो हुन्छ उसको
मायाले रुझेको ओठ

तर उसलाई गुरांस
केवल लेकैमा सुन्दर लाग्छ
किनकि
सुन्दरताको मुटु हुन्छ
र त्यो मुटुको धड्कन ऊ जान्दछे ।

कसलाई मन पर्दैन
डांफे र मुनालमा नाच्ने
कालिज र मयुरमा खेल्ने
सप्तरङ्गको सहस्रलीला !

तर मेरी माया,
ती रङ्गहरूलाई कैद गर्न सक्तिन
ती बुट्टाहरूलाई भित्तामा झुन्ड्याउन सक्तिन
किनकि
प्रकृतिकी छोरी हो ऊ
आमाको काखको न्यानो जान्दछे ।

जसरी मनपर्छ मलाई
तातोतातो उसको सास
उसलाई पनि औधि मनपर्छ
मेरो साथ र मेरो न्यानो हात
तर पनि बांधेर मलाई ऊ राख्तिन
किनकि
माया गर्नेहरूका बीचमा
स्वर्गको बतास खेल्ने
सानो आकाश चाहिन्छ–
ऊ यो राम्ररी जान्दछे ।

Pratima KC – Shanti Ko Kulo (Nepali Gajal)

प्रतिमा के.सी. – शान्तिको कुलो

खडेरीले बाली खायो बलेन खै चुलो आज
कता सिंचाई गर्दै होला शान्तिको कुलो आज

सललल बग्ने कुलो छिमेकीले आँखा लाए कि
कि कुल्लीले नै मुहानमा बाँध हाल्न भुलो आज

अभिमान Continue reading “Pratima KC – Shanti Ko Kulo (Nepali Gajal)”

Mohan Jiwan Lalak – Bagmati Chheu

मोहन जीवन लालक – बागमतीछेउ
(मधुपर्क २०६६ चैत)

बागमतीछेउ
बालुवा निकाल्दै सोधिन्-
बुबा किन बालुवा बाहिर फ्याँकेको ?
बालुवाको थुप्रो चलाउँदै
बुबाले बतायो-
नानु यसरी बालुवा बाहिर फ्याँकदा
बुझ्यौँ बालुवासँगै माछा निस्कन्छ,
भरेलाई तरकारी ।
बिष्णुमतीछेउ
बालुला ओसार्दै गर्दा
छोराले आमालाई सोध्यो-
आमा किन बालुवा शहर लगेको ?
बालुवाको पोका घिसार्दै
आमाले बताइन्-
बाबु यसरी बालुवा शहर लैँजादा
बुझ्यौं शहरमा चामल साट्छन् बालुवासँग,
भरेलाई खाना ।
साँझ पर्दै गर्दा
बूढाबूढीको झुप्रोमा
बुबा आमा पर्खेर
रमाउदैथें केटाकेटी-
माछी मार न हे दाइ……
भरेलाई तरकारी
माछी मार न …….।

Manoj Kafle (Mansoon) – Hijo Rati Sapanima

मनोज काफ्ले मनसुन ‍ – हिजो राती सपनीमा

हिजो राती सपनीमा झल्किएर आइन उनी
मिलनको कल्पनामा पल्किएर आइन उनी

रैछ मनमा रातैभरी अंग अंग छुने मेरा
यौवनाको रंग आफै भल्किएर आइन उनी

नसकेर सहन त्यो तातो Continue reading “Manoj Kafle (Mansoon) – Hijo Rati Sapanima”

Govinda Raj Binodi – Deha Ra Anga

गोविन्दराज विनोदी – देह र अङ्ग
(मधुपर्क साउन, २०६७)

हुन्छ नाम र अस्तित्व
प्रत्येक अङ्गको तर
सबै अङ्ग मिलेमात्र
देह बन्दछ सुन्दर !
‘द्रष्टा हौं’ भन्दछन् आँखा
‘श्रोता हौँ’ कान भन्दछन्
‘म वक्ता’ Continue reading “Govinda Raj Binodi – Deha Ra Anga”

Bikram Subba – Din Aaisakeko Chha

विक्रम सुब्बा – दिन आइसकेको छ

झयालहरु खोल शान्ति, ढोका उघारेर पर्दाहरु उठाऊ
उज्यालो जुलुसले उज्यालो हातमा बोकेका
उज्याला झण्डाहरुलाई पस्न देऊ
लोकल हिटलरका कसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने
डेमोक्रेसीका Continue reading “Bikram Subba – Din Aaisakeko Chha”

Yuddha Prasad Mishra – Jaya Dhwani

युद्धप्रसाद मिश्र – जय ध्वनि

गुज्रिंदै चारै तरफ छन् देशका जय जय ध्वनि
खोल्दैछन् नेत्र केही धर्म-अन्धाले पनि

क्रान्तिकी रण – चण्डिका छन् खूनकी प्यासी बनी
झल्कने बेला छ ऐले शान्तिको नव रोसनी

भावना बलिदानको लिई मास्दछौ१ (मार्दछौं) शत्रु भनी
फैलिएको आज लाखौं झोपडिमा सन्सनी

वर्ग पीडित आज ब्यँझ्यो आत्मबलको भै धनी
पर्न आँट्यो वर्ग पीडक देशका धावा भनी

१९८१

Rakesh Karki – Neta (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – नेता (गजल)

जताजता फाईदा छ उताउता ढल्कीदिन्छु
कुर्सी के चाखेथेँ घरी घरी पल्कीदिन्छु

मीठा मीठा सपनाका ताजमहल देखाएर
जनताअघि जनताकै हुँ जस्तोगरी झल्कीदिन्छु

तर्साउँदा मान्नेलाई Continue reading “Rakesh Karki – Neta (Nepali Gajal)”

Ramesh Paudel – Paiyun Fulne Gaun

रमेश पौडेल – पैयुँ फुल्ने गाउँ

लाली गुराँस फुल्यो
ओइलियो झर्यो
पैयुँ फुल्यो
ओइलियो झर्यो
सयपत्री, मखमली फुले
ओइलिए झरे,
फुल्नु प्रकृति
ओइलिनु, झर्नु
नियति !
थिए आदिम मान्छे
अनिकाल थियो अक्षरको
बिना शब्द टाँग्थे कविता
गुराँसे हाँगामा
गाउँथे गीत विना स्वर
छहरे छाँगामा ।
पैयुँ फुल्ने गाउँ
यौटा अलिखित कविता
जो ! लेखिएकोभन्दा उत्कृष्ट लाग्छ !
पैयुँ फुल्ने गाउँ
नगाइएको त्यो गीत,
जो, गाइएकोभन्दा मीठो लाग्छ !

ङोल्स्यो छम्छमाउँदा
पैयुँको छायामा
ठुस्स पर्छे उता
मितिनी माछापुच्छ्रे
वाह !
मीठो ईश्र्या
हेरेका सबै
देख्न सकिन्न,
देखेका सबै
लेख्न सकिन्न !
पैयुँ फुल्ने गाउँ
भेट्नु एकदिन,
मै हुँ भन्नेले !

अक्षर यात्रा, वागेफड्के, स्याङजा
गोरखापत्र,१४ मंसीर,२०६५

Sabina Sindhu – Kunai Kal Khanda Ma Nyayalaya Aghadi Ubhiyera

सविना सिन्धु – कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर
(मधुपर्क साउन, २०६७)

श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,
विचारको कारोवार गर्छन् ।
आस्थाको पुनर्योग गर्छु र ठम्याउँछु
दुई सुकाको माया धेरैअघि उनले मसँग साटेको ।
विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान् !
सर्जककी स्वास्नी हुनुको पीडा दाउराहरुमा मिसाएर
आगोसँगै बाल्छु ।
तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।
सम्पादकबाट अस्वीकृत उनका विचार
टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।
घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।
पढेकी छु दुई-चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।
कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तकदेखि ईष्र्या लाग्छ ।
आफैं टाँस्सिउँजस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा
ताकि उनले
एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्
र महसुस गरुन् ।
घरी-घरी सम्पादकबाट अस्वीकृत विचार देखेर
अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।
अँगेनाको डिलनजिकै बसेर
फरियाको सप्कोले पुच्छु आˆनो आँसु,
थाहा छ, श्रीमान्,
म उनको शब्दलाई होइन उनलाई प्रेम गर्छु ।

Komal Shrestha Malla – Nayan Nepal Khojdai Chhu

कोमल श्रेष्ठ मल्ल – नया नेपाल खोज्दैछु

म दुर्बीन लगाएर
नया नेपाल खोज्दैछु
फोटोहरु समेटेर
नया नेपाल खोज्दैछु
चित्रहरु कोरेर
नया नेपाल खोज्दैछु
परदेशमा देश बोकेर
नया नेपाल खोज्दैछु
सक्तीन बिर्सन
आसु Continue reading “Komal Shrestha Malla – Nayan Nepal Khojdai Chhu”

Yashoda Adhikari – Andheri Raatma

यशोदा अधिकारी – अँधेरी रातमा
(मधुपर्क बैशाख, २०६७)

जङ्गलको अन्धकार गोलाईमा
रातले जव अँधेरो बाल्छ,
उत्तेजित यी हातहरू
ल्ाालटिन बोकेर
ज्ाङ्गल ढकनी उघार्छन् ।

कानमा सिउरिएका फूलहरू
कानैमा ओइलाइसके
ओइलाएको Continue reading “Yashoda Adhikari – Andheri Raatma”

Lalita Doshi – Saput Rastra Ko

ललिता दोषी – सपुत राष्ट्रको

छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको
तिम्रै नामले पनि उठ्छ शिर देशको
नेपालीका गहभरि छ तिम्रै तस्बिर आज
धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज ।
नेपालीका धुकधुकीहरूमा तिमी Continue reading “Lalita Doshi – Saput Rastra Ko”

Moti Ram Bhatta – Sarkar Po Kina Chahiyo

मोतिराम भट्ट – सरकार पो किन चाहियो

दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो ।।१।।

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो ।।२।।

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो ।।३।।

Manoj Bogati – Sapana Ko Katha

मनोज बोगटी – सपनाको कथा

1.
सिङ्गार पटार गरेर आउँछ सपना
सिकुवा माग्छ।

ओछ्यान माग्छ
सिरानी माग्छ
र सिरानी बिगारी राख्छ।

आँखा माग्छ
रात दिन सबै माग्छ।
मागेरै धनी हुन्छ सपना।

सपना जस्तो बॉंच्न Continue reading “Manoj Bogati – Sapana Ko Katha”

Rupesh Rai – Sthagit Kura

रुपेश राई – स्थगित कुरा

गाउँलाई थाहा छैन
आज विहानै शहरले पढ़ेको खबर।

हिजै सल्हा मिल्यो रे
कुरा स्थगितको। शहरले थाहा पायो।

शहर चियाको चुस्की लिँदै
खबर पढ़ने गर्छ, विशेष गरी आजको।

खबर पढ़ेर शहरले
गाउँतिर हेर्छ, गाउँ साह्रै आदर्शवादी।

गाउँलाई थाहा छैन
आफ्नो खबर…।

गाउँमा खबर बेखबर छ
खबरमा कुरा स्थगित छ…।

किन स्थगित छ? अथाह!!

खबरमा कुरा स्थगित छ
गाउँको सय दिने राज्गार।

खबरमा कुरा स्थगित छ
गाउँको पञ्चायती सहुलियत।

खबरमा कुरा स्थगित छ
गाउँको राजनैतिक स्थिति।

खबरमा कुरा स्थगित छ
गाउँको बञ्चित परम्परा।

खबरमा कुरा स्थगित छ
गाउँको यस्तै अरू के… के… पनि
जो तिमी हामीलाई थाहा हुँदैन
जो तिमी हामीले चालै पाउँदैनौ…!!

कुरा स्थगितको।।