बसन्त मोहन अधिकारी – कति आए कति गए नँया सालहरु
कति आए कति गए नँया सालहरु ।
सालै पिच्छे बढायौ लासका खालहरु ।
हत्या िहंसा सधैगरी घर आँगनमा
जमे यहु रगतका सधै तालहरु ।
अझै गर्छन् रुवाँवासी रोग भोक लागी
ज्यूँको तिहुँ राखिराख्यौ यी बेहालहरु ।
शिविरमै सिरेठोले ज्यान लिने भयो
बषौंसम्म फेरिएन मेरा पालहरु ।
मेरा लागि हैन रैछ युद्ध हत्याहरु
देखे मैले यहु चाल्ने सबै चालहरु ।
दया माया गर्ने मन कतै रैन रैछ
सबै हिड्छन् मान्छे मार्ने थाप्दै जालहरु ।
यी पापीका हातबाट यहाँ मर्नु भन्दा
चाडै आउँ मलाई लिन हे कालहरु ।