Durga Lal Shrestha – Kasto Majaa [Bal Kabita]

प्राणीमा ठूलो मान्छे हो भनी
भनेको कल्ले हो –
पशुले हैन, पन्छीले हैन,
मान्छे आफैले हो ।

ठूलो छ मान्छु, मान्छेको घर
लवाइ-खवाइ,
बसेकै छ ऊ यतिको ठूलो
सहर बनाई ।

भोकाए पनि खाँदैन भन्छन्
बाघले बाघ नै,
मान्छेले तर खान्छ है मान्छे,
को ठूलो भन्ने खै –

यो कस्तो मजा ! नभने पनि
कसैले तपाइँ
भन्दै छ मान्छे ऊ आफैंलाई
आफैँले मपाइँ !

२०५९ वैशाख १६