मुकुल दाहाल – खांद
घामका खिरिला किरणहरू
यहां आउंदैनन् ।
हावाका हलुका खुट्टाहरूले
टेक्दैनन् ।
ओस छ सधैं ।
गुमसुम छ सधैं ।
मुसाहरू,
माकुराहरू,
छेपाराहरू,
सर्पहरूको भोज हुन्छ ।
नाटक, लीला हुन्छ ।
यो खंँदमा
जीवन खुम्चन्छ हरेक क्षण
गंडेउला जस्तै ।
जीवनमा कहिल्यै बिहान हुंदैन ।