कोमल प्रसाद श्रेष्ठ मल्ल – म बालुवामा ऊठ हिडदैछु
सगरमाथाको गर्व बोकेर
मरभूमीमा म ऊठ हिडदैछु
प्रचण्ड घाम ओढेर
म सपनाहरू केलाउदै छु
आगोले पोल्दैन मलाई
म संग डराउछ उ
पसिना बगेको छातिमा
झन झन स्वदेश पलाउछ बरु
रापमा जल्दै जल्दै
भोटो कछाड गुन्यो चोलो सिलाउन
गैरिखेत फर्काउन
परदेशमा देश बोकेर
दिन दिनै मर्ने गरेकोछु
अहो अहो
बालुवाको पैसा
ढुङ्गाको कन्तूर
कंक्रिडको जंगल
बतासे सपना
बम गोला बारुद बिस्फोट भोगेर
मर्दै मर्दै
लास पुगीन्छ पुगीन्नको लेखाजोखामा
म मरभुमीमा भाग्यरेखा हेर्छु
सानी ठुले कान्छी
र बाबा आमाको समझना बोकेर
आसु बर्षिनु बर्षिन्छु
भर छैन जिन्दगीको
डर छैन मृत्युको
किनकी जीवन संघर्षमा
मृत्युको बाजिमा
म बालुवामा ऊठ हिडदैछु