Neerose Maskey – Aard

निरोज मास्के – आर्द!

यो शहर,
अनि,
बिचोबिच बगेको नहर!
हरेक दिन र,
साँझको यात्रामा,
मन् बहलाउन,
जति टहलिय पनि,
रातको सपनीमा त,
तेहि खोलामा,
पौडि रहेको हुन्छु म!
बिहानीको आँखा खुले देखि,
दिनभरी बटुलेको,
द्रिस्ट्रिभरीको,
द्रिश्यहरू लियर सुतेपनी,
निन्द्राभरीको सपनीमा त,
तेही गाऊको गोरेटोमा हुन्छु म!
आमा!
कुन्नी के खोज्न,
म यो शहर धायछु!
तर मैले आफूलाई,
तेतै छाडी आयछु!
तेही काखमा,
तेही अटली र बार्दलिमा,
तेही ढुङे धारा र चार्दलिमा!
तेही बुइगलको नेपथ्यामा,
तेही कुहिरेभिरको कन्दरामा,
अनि तेही पधेरा र रानिबनमा,
मैले आफूलाई,
तेतैतिर छाडी आयछु !

आमा!
दिनभरी खोज्दापनि,
पाउदिन म,
जतिलाई सोध्दापनी,
भेटाउदिन म,
आमा,
मैले आफूलाई,
तेतै छाडी आयछु!

दिनभरी,
आखामा राखी सुत्दापनी,
यो शहर
कहिल्यै,
मेरो सपनीमा आयन!
जति गुंगुनाउदानी ,
यहाको गीत,
कहिल्यै मनले गायन!
आमा,
कुन्नी के लिन,
मैले यो शहर चाहेछु!
तर मैले आफूलाई,
तेतै छाडी आयछु!
तेही गैह्राबारी,
छेवैको पातिघारी,
अनि तेही बेलौतीको बोटनेरी,
तेही सात्तो सल्लोको उकाली,
अनि तेही माने भन्ज्याङमा!
आमा,
मैले आफूलाई,
तेतै छाडी आयछु!
तेही सल्लेरीको बाटो,
तेही उपल्लोकोटको मन्दिरमा,
आफूलाई,
तेतै छाडी आयछु!

neerose
9/12/12