Dipendra KC – Naya Barsha

हरेक १२ महिना पछिको आगतलाई
छोपेर समयले झयाप्पै,
भनिदिन्छ
यो नयाँ वर्ष हो ।

दीपेन्द्र के.सी. – नयाँ वर्ष

हरेक १२ महिना पछिको आगतलाई
छोपेर समयले झयाप्पै,
भनिदिन्छ
यो नयाँ वर्ष हो ।

तर म
विश्वास गरुँ कसरी ?
ढलेर गएका विगतहरुका
लाशैलासहरुमा
उही समयले निभाएका
पुराना,अँध्यारा मैनहरु छन्
जसले
नयाँ उज्यालाहरु छरेका थिएनन्
गएको वर्ष पनि ।

अहिले फेरि
सल्काएर तिनै
कामना गर्छ नयाँ उज्यालोको
तर पनि
हरेक १२ महिना पछिको आगतलाई
छोपेर समयले झयाप्पै,
भनिदिन्छ
यो नयाँ वर्ष हो ।

यस्तोमा
म आफूले अरुलाई
र, आफैले आफैलाई पनि भन्दिन
मात्र शुभकामना छ
नयाँ वर्ष स्यवँ तँलाई
कम्तीमा तँ फेरि
फर्किएको छस् र
जश्न छ यहाँ तेरा लागि ।।

यो नयाँ वर्षमा
हाँसेका मात्रै छैनन् धेरै यहाँ
रोएकाहरु पनि धेरै छन् यहाँ ।