Padam Bhandari – Kehi Chhaina Linu Pani (Nepali Gajal)

पदम भण्डारी – केहि छैन लिनु पनि (गजल)

केहि छैन लिनु पनि,
केहि छैन दिनु पनि

मायाको मुर्ति कुँद्नु थियो,
राखिएन छिनु पनि

संझनाका मुनाहरू पलाउँथे की,
दिईएन चिनु पनि

झिनो आशामा बुढो गिद्ध,
कुर्न खोज्छ सिनो पनि

कलिलो स्वाद त त्यस्तै हो,
आस लाग्छ जिनु पनि

घमण्डले बिगारेथ्यो मीनुलाई,
त्यस्तै रहिछ बीनु पनि