विवेक दुलाल क्षेत्री “दमक” – जति मागे नि तिमीले (गजल)
जति मागे नि तिमीले रारा दिन सक्तिन
कहिले पुरा नहुने नारा दिन सक्तिन
झुटको खेति गरी के को लागि छली बस्नु
गगनभरी चम्कने तारा दिन सक्तिन
नदि नाला शत्रुले मनोमानी गरी सके
सधै गला भिजाउने धारा दिन सक्तिन
कैले हात थाप्तिन ,बरू मर्छु भोक भोकै
सिधा साधा नेपालीको पारा दिन सक्तिन
कर्म नै हो मेरो जीवन ,लिन्न उधारो चिज
तिमी लग थोरै खुशी सारा दिन सक्तिन