Bibek Dulal Chhetri ‘Damak’ – Timro Samunne Garibi (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – तिम्रो सामुन्ने गरिबी (गजल)

तिम्रो सामुन्ने गरिबी आइ झुक्नेछ एकदिन
तिम्रो अघाउन्जेल नै धोको पुग्नेछ एकदिन

यो बेला नदी पहाड चढ़ला ,पहाड नदीमै डुब्ला
तिम्रो भित्रभित्रै दबेको रहर झुल्नेछ एकदिन

सखारै चिरबिर गरि उड्ने चरा साझमा पर्खदा
तिम्रो खस्रो हृदय गाउघरमा कुद्नेछ एकदिन

डरले डराई ,डराई हिम्मतको तारिफ गरेको सुनी
तिम्रो इच्छाले दृढताको सगरमाथा चुम्नेछ एकदिन

जब माटोको टिका ,चन्दन सम्झी लगाउदछौ तिमी
तिम्रो मनले बारम्बार धर्म सस्कृती पुज्नेछ एकदिन

अनिदो भै प्रतिक्षामा बित्छ, मलिन अनुहारको हरपल
तिम्रो पथ्थररूपी दृश्यहरूमा , गुलाब फुल्नेछ एकदिन