Sandhya Regmi – Sustainability or Justifiability

सन्ध्या रेग्मी – ‘सस्टेनबिलिटी’ कि ‘जस्टिफायबिलिटी’ ?
(Sustainability or Justifiability ?)

आपूm आणविक भट्टीको भण्डार जमाएर तिमी
अरूलाई शस्त्रास्त्र नचलाउन आदेश दि“दै हि“ड्छौ
प्रजातन्त्र र मानवाधिकारको वकालत गर्दै एकातिर
अर्कोतर्फ क्षणभरमै मानव सभ्यता ध्वस्त तिमी पार्छौ ।

तिम्रै अणुबमले उम्रन सकेन हिरोशिमा र नागासाकीमा अझै झार पनि
‘एजेन्ट अरेन्ज’ को प्रभावले जन्मदैछन् भियतनाममा आजसम्म अङ्गभ¨ मानव
आङ्खनो स्वार्थपूर्तिका लागि तिमी जस्तै दुष्कर्म पनि गर्न सक्छौ
विश्वविध्वंसनिमित्त जैविक हातहतियारको समेत प्रयोग गर्छौ ।

आङ्खनो तुच्छ अहङ्कार प्रदर्शन गरी
दुनिया“का नियम कानूनमाथि बलात्कार तिमी गर्छौ
विश्वबन्धुत्व र भ्रातृत्वको देखावटी ढो¨ रची
अरूका आस्था र विश्वासमाथि कुठाराघात तिमी गर्छौ ।

पृथिवीको ९० प्रतिशत सम्पदा एक्लै उपभोग गर्दै
‘ईक्वल डिस्ट्रीब्यूशन’ को भाषण तिमी छा“ट्छौ
विकासोन्मुख मुलुकहरूलाई अनुदान भन्दै
बन्दूक र बारूद भिडाउने दुःसाहस गर्छौ ।

आतङ्कवादविरुद्ध शङ्खघोष गर्दै एकातिर
अर्कोतर्फ सबैभन्दा निमुखा, निर्धा र निर्दोषहरूलाई नै मार्छौ
साराका सारालाई सन्त्रासको शिकार बनाएर
विश्वशान्तिमाथि वीभत्स अट्टहास तिमी हा“स्छौ ।

वैभव लुट्दै हरिया मैदान र लहलहाउ“दा फा“टभरि
उन्मत्त मिचाहा घोडाझै“ बेरोकटोक तिमी कुद्छौ
डा“फे चरी होइन चील हो तिम्रो राष्ट्रिय पंक्षी
दिउ“सै खुला आकाशमा परेवाको शिकार तिमी गर्छौ ।
वातावरण संरक्षणको नेतृत्व गर्न चाहने तिमी
‘क्योटो प्रोटोकोल’मा हस्ताक्षर गर्न हात किन कपाउ“छौ ?
जानी जानी अझै किन बुभ्mपचाउ“छौ –
संसारमा सबैभन्दा बढी वातावरण प्रदूषण गर्नेमा
तिमी एक नम्बरमा पर्दछौ ।

दोस्रो विश्वयुद्धका जितुवा र चितुवाहरूको सरदार बनी
‘यू.एन.’ को नाममा विश्वभरि उपनिवेश बनाउन तिमी खोज्छौ
‘नारी मुक्ति’ र ‘महिला सशक्तिकरण’ को व्याख्यान छा“ट्दै
अ“ध्यारा कोठीहरूमा निर्लज्ज नाङ्गिन तिमी रोज्छौ ।

के यसैलाई दिन चाहन्छौ तिमी ‘सस्टेनबिलिटी’ ?
हे न्यायप्रेमी मानव † कहा“ गयो तिम्रो ‘जस्टिफायबिलिटी’ ?
तौलिसके“ सारा विश्व तराजुमा मैले पनि, त्यसैले सुन –
‘जस्टिफायबिलिटी’ बिनाको सिस्टममा ‘सस्टेनबिलिटी’ को कुरा नल्याऊ
सर्वप्रथम सबैलाई ‘जस्टिफायबल’ हु्ने सिस्टम चलाऊ
अनि मात्र त्यसलाई ‘सस्टेनबल’ बनाऊ
न्यायका कलम उठाई पहिले ‘जस्टिफायबिलिटी’ का बु“दा लेख
त्यसपछि बल्ल ‘सस्टेनबिलिटी’ का कुरा गर ।