हेम भण्डारी – स्मृति बिम्बका धर्साहरूसित
(मधुपर्क २०६६ जेठ)
एउटा रोगी घामको
धमिलो बिहान र किरिङमिरिङ अनुभूति
यो कोठामा सबेरै छिरेर अचेल
मलाई गााजिरहन्छन् निरन्तर,
खोतलखातल पारेर मलाई
पोखिरहन्छन् जतासुकै
म निरीह,
आफ्नै निरीहताका विगत
र स्मरणका अवशेषहरू
क्रमशः रोप्दैछु-सम्झनाका डोबहरूमा
एक-एक गरी
आलुका बीउहरू जस्तै ।
कहिले, धारामाथिका धोक्रे फूलका बोटहरू देख्दैछु म
कहिले, धारामुनिका वनकेराका झ्याङहरू हेर्दैछु म
कहिले, धाराको नियमित बगाइको असमान पानीमा मिसिएर
हरेक बगाइ पैरामुनि झर्दैछु म
त्यसैले नजिकैको बाासका टुसामा आकाश छेड्ने सामथ्र्य हााकेर
यो सहरको बूढोकोठामा
बूढाबाासको
झ्याउ र लेउ परम्परा थुपारेर
उही कुप्री भोग्दैछु म ।
मैले भोगेको बिहानी र भेटेको घामले
थपेका निधारका चाउरीहरू
ओल्लो छेउ र पल्लो छेउ कुदाएर
म हारेको जुवाडेको टोपी उतारिरहेछु
र बुझ्दाबुझ्दै
पि्रय अलैाचीबारी र मकैबारी
ढुङ्गाको बगैाचामा जोड्दैछु
र खोज्दैछु आफ्नै ओसिला आयतनका भाषाहरूमा ।
-नयााबजार, इलाम