कोमल श्रेष्ठ मल्ल – यो मेरो मन (गीत)
यो मेरो मन,के के भन्छ के के
सही भन्छ गलत भन्छ ?
जे जे भन्छ लेखे
आखा बग्छ पानि पानि
छाती माथी हानी हानी
सही दिन्छ धुक धुकिले
नथाकेर जानि जानि
यो मेरो बदन के के भोग्छ के के
सुख दुख जे जे भोग्छ लेखे
किन उड्छ भेटाउनलाई
भित्र भित्रै सताउनलाई
कल्पनाको महलमा
बिपना सबै भत्काउनलाई
यो मेरो मन,के के गर्छ के के
जे जे गर्छ सही गलत
संझाउनलाई लेखे