Komal Shrestha Malla – Hasi Hasi Ude Ude Ma (Nepali Geet)

कोमल श्रेष्ठ मल्ल – हासी हासी उडे उडे (गीत)

हासी हासी उडे उडे … म
नाची नाची खुले खुले … म
पिरतीको चोखो चोखो
योवनको धोको धोको
फिजाउदै डुले डुले डुले डुले म ।

मन्द मन्द सुवासको
बाचा बन्धन विश्वासको
चोखो मिठो संसारको
धुक धुक गर्दै बोले बोले बोले बोले म ।

प्रेम प्यारका कसमहरु
संस्कारका मौसमहरु
मिलनको प्रकाशमा
जीवनको संचारमा
छर्दै छर्दै झुले झुले झुले झुले म ।