Aryabiman Chitrakar – Samarpan

आर्यविमान चित्रकार – समर्पण

एउटा स्पर्शले तिम्रो यहाँ
हजारौ कम्पनहरु पैदा गर्छन
एउटा मुस्कानको लागि तिम्रो
कोहि लाखौ सौदा गर्छन
ती लाखौ सौदाहरुका माझ
अल्झिएको यो मेरो मन
गर्दैछु तिमिप्रति समर्पण

एउटा इशाराले तिम्रो
कोहि यहाँ घायल छन्
नितान्त तिम्रो हेराईले
कोहि यहाँ कायल छन्
ती घायल इशारामा अल्झिएको यो मेरो मन
राख्दैछु तिम्रो माझ
गरेको छु समर्पण
यो मेरो मन

एउटा भेटको लागि तिम्रो
जुनी काट्छन यहाँ कोहि
एउटा चुम्बनको लागि तिम्रो
आफैलाई बिर्सिन्छन यहाँ कोहि
बिर्सेर आफुलाई गरेको छु समर्पण
खोजि हिड्ने यो मेरो मन
तिम्रो अंगालोको न्यानोपन
गरेको छु समर्पण
यो मेरो मन
यो मेरो मन