आर्यविमान चित्रकार – अनायश
तिम्रो मित्रता पनि देखें साथी
तर त्यहाँ कुनै साथ थिएन
हो पिएँ होला धेरै चोटी तिमिसंग
तर त्यसमा कुनै मात थिएन……….
निस्वार्थ, सदभाव गरें
तर त्यहाँ कुनै जात थिएन
क्लेश, र हर्षको द्वन्द नितान्त
अपरिहार्य त्यहाँ बिस्मात थिएन
कुटिल तिम्रा आचरणमा
मेरो कुनै हात थिएन
तिम्रा सान्त्वनाका मलामीहरु देखें
तर त्यहाँ कुनै जमात थिएन
तिम्रा भावनाका दुर्घटनामा
मेरो कुनै बिस्वाशघात थिएन
सबै सुम्पिएको अबस्थामा
कहिँ कतै बर्वाद थिएन
पारदर्शी मेरो चरित्रमा
त्यहाँ कुनै आघात थिएन
आफुलाई म संग दाजीं हिड्नु
त्यहाँ तिम्रो औकात थिएन
खोक्रो शरीर लिएर बाचेंका छौ तिमि
त्यहाँ कुनै श्वांस थिएन
परचर्कीको केवल उपहास तिमि
अनायश कुनै आस थिएन
तिम्रो मित्रता पनि देखें साथी
तर त्यहाँ कुनै साथ थिएन
हो पिएँ होला धेरै चोटी तिमिसंग
तर त्यसमा कुनै मात थिएन……….