कोमल श्रेष्ठ मल्ल – देश बोक
मैले बोक्ने देश तिम्रै
दाजुभाई बोक्न आउ
तिम्ले बोक्ने देशलाई
मलाई पनि बोक्न लाउ
हात हात जोडे पछि
सगरमा देश पुग्छ
काध काध जोडे भने
स्वर्ग सरि देश हुन्छ
नकाटेर देश बोक
नफाटेर देश बोक
नहारेर देश बोक
नमारेर देश बोक
फुलाऊन देशलाई
पोख्न आउ पसिनालाई
हसाउन देशलाई
बाध्न आउ सिमानालाई
तराई पहाड हिमालीको
भाषा भेष आफ्नै आफ्नै
धर्म धर्म कर्म कर्म
चन्द्र सूर्य ध्वजा आफ्नै
लहराउदै देश बोक
फहराउदै देश बोक
मरे पनि देश बोक
बाचे पनि देश बोक