Pratima KC – Samaya Ko Khel

प्रतिमा के.सी. – समयको खेल

म समय हुँ
समयको खेल खेल्नु छ
कति खेल्नु पुराना खेलहरु
अब नयाँ खेल फेर्नु छ
त्यसैले
साबधान !
मलाई रोक्ने चेस्टा नगर्नु /

प्रेम शान्तिको प्रतिक हो
घृणा युद्धको बीउ हो
म मानव मनभित्र
त्यही बीउ भएर रोपिएको छु
त्यसैले
साबधान !
मलजल गर्दै गर्नु /

म उम्रदै छु
हाँगाहरु हाल्दै छु
पुराना पातहरु झारेर
नयाँ पातहरुमा पलाउँने गर्छु
तिम्रो उचित मलजलले
बलियो र तन्दुरुस्त भइ
धरै परिमार्जन गर्नु छ /

तिम्रो सुन्दर प्रकृतिको बगैंचालाई
एउटै आगोको फिलिंगो बनेर
डढाउन सक्छु
लाखौँ का पुलहरू
करोडौंका बाटाहरु
अरबौंका भवनहरु
एउटै बमको डल्लो भएर
टुक्रा टुक्रा बनाउनसक्छु
म छिन भरमै
सेतीहरुमा बाढी भएर आउँछु
औरही हरुमा
आगो भएर बल्छु
पाकेको बालीमाथी
असिना भएर झर्छु
म त यस्तै खेलहरु खेल्छु
बिकास होइन बिनाश बोकेर हिड्छु
बिज्ञान र प्रविधिलाई पनि
असफल पारिदिन्छु /

तिम्रो पुर्खाले
एकीकरण गरेको
नेपाल राज्य प्रति पनि
मलाई इर्ष्या छ
तिम्रो देशलाई
बाख्रो जस्तै काटेर चोक्टाएर
मासुको बिला लगाउनु छ
समयको परिवर्तन संगै
तिम्रो नाम थरमा पनि
परिबर्तन गर्नुपर्ने छ
अब राई लिम्बु बाहुन क्षत्री मगर गुरुङ होइन
राम बहादुर सिंह , श्याम बहादुर बाघ ,
सीतादेवी बाँदर ,रितादेबी ढेंडु
मन प्रसाद कुकुर ,धनिराम बिरालो
गायत्री चिल ,सरस्वती गिद्ध भनेर
नब न्वारन गरी
मानव जनावरको देश
बनाउनु पर्ने छ
तिम्रो राष्ट्रगान सच्चाउनु पर्ने छ
देशको नक्सा फेर्नु पर्ने छ
गौतमबुद्ध र सगरमाथाको नाम
बेच्दा बेच्दा थकितहरु हो
विश्वमानचित्रबाट नाम हटाएर
नयाँ नाम युद्धस्तान राख्नु पर्ने छ
म समय हुँ पर्खी रहनु
समयको खेल अझै खेल्नु छ /

यति मात्र कहाँ हो र !
मान्छेको परिभाषा
नबुझ्नेहरु हो
आलो र तातो रगतको नदीमा
रक्तास्नान गराई
दनदनी बलेको अशान्तिको पंचाग्नीमा
होमन गरेर
मानव, मानव सभ्यता र अस्तित्वलाई
खरानीमा रुपान्तरण गर्नुपर्ने छ
त्यसैले
म समय हुँ
पर्खि राख्नु
समयको खेल
अझै खेल्नु छ /

२४ मे २०१२
रेडिंग, बेलायत