इन्जिनियर राकेश कार्की – बोल्यो की पोल्यो हजूर (गजल)
रमाएथ्यौं जब लाग्याथ्यो जुवातासमा डढेलो
छुवाछुत जातपात जाली बद्मासमा डढेलो
खै क्षणिक खुशी कतिन्जेललाइ हुन्थ्यो र
छड्के हानी सल्कियो मिठो आशमा डढेलो
झिल्को रांको हुँदै जल्दै हुर्हुर अबुई कस्तरी
मेरो गाउँ तेरो गाउँ सप्पैको वासमा डढेलो
नबोल्दा सुख छैन बोल्यो की पोल्यो हजूर
धड्कन् देखी सल्किदै फेर्ने सासमा डढेलो
बाँचुन्जेल कसैको बरखी कसैको समवेदना
मारी दिएपछि देख्छु आफ्नै लाशमा डढेलो
कोही शहीद भए कोही त कुकुर जस्तै मरे
तिनैका लालाबालाको निल्ने गांसमा डढेलो
लस् एन्जेलस्