भैगो भन्या’ भैगो;
तिम्रो दया मलाई चाहिन्न;
बरु तिमीले दिएको जहर सिनित्तै म रित्याइदिउँला
तर तिम्रो दयार्को क थोपा पनि मलाई ताहिन्न ।
जब संसारबाट उप्केर मेरा आँखा
आकाशतिर हेर्न लागेका हुन्छन्;
जब आफ्नो पीर पोख्ने ठाउँ नपाएर
म शून्य विजनको सहारा लिन्छु;
जब म नफुकेर कुच्रन्छु—
तिमी आएर भन्दछौ—‘कति राम्रो आकाश,
कति सुन्दर फूल;कति शून्य ठाउँ हैन त ?’
हरे ! म तिमीलाई कसरी बुझाऊँ कि म
यहाँ किन आएँ;
किन अहिले आकाश, विजन, फूल राम्रा छैनन्;
किन मानव–हृदय सबभन्दा ठूलो आकाश,
सबभन्दा सुन्दर फूल हो ।
यसैले तिम्रो कुरामा सही थापेर्झैँ गरेर म भनिदिन्छु;
‘हो, ओहो, कति राम्रो !’
संसार गाउँछ—‘हो, ओहो, कति राम्रो !’
तिमी भन्दछौ— तिमीले यसरी एक्लै आनन्द लिएको,
यसरी आकाशमा आफूलाई हराउन खोजेको
यसरी फूलहरुसित नाता जोड्न खोजेको देखेर
मलाई आनन्द लाग्छ ।
हो, अहिले पनि टाढाबाट तिमीलाई निक्कैबेर
एकटक लाएर हेरिरहेँ ।
वातावरण कवितामय थियो, तिमी —
हरे, म कसरी तिमीलाई भनूँ कि यो मेरो
बेवरी हे; मेरो कमजोरी हो;
कि फूलले भन्दा पहिले संसारलाई
आफ्नो हृदयले सिंगार;
त्यसैले क तिम्रो कुरामा सही थापेझैं गरेर
खिस्स हाँसेर भनिदिन्छु;
‘हो, कति कवितामय !’
प्रतिध्वनि गाउँछ—‘कति कवितामय !’
संसार गाउँछ— ‘कति कवितामय !’
तिमी भन्दछौ— ‘तिमी’—
भैगो भन्या’ भैगो;
तिम्रो दया मलाई चाहिन्न ।
बरु तिमीले दिएको जहर
म सिनित्तै रित्यइदिउँला,
तर तिम्रो दयाको एक थोपा पनि मलाई चाहिन्न ।