श्रीहरि लुईटेल ‘दुःखी’ – बृद्धको स्पन्दन
(मधुपर्क जेठ, २०६८)
सुक्यो देह मेरो
मकैको ढोडसरी ।।
झर्यो पात मेरो
शिशिरको रुखसरी ।।
भए म आज किन
खोलाको बगरसरी ।।
लौरोको साथी भो
शरीर पनि भो लौरोसरी ।।
गहहरू छछल्किन छाडे
छाड्यो आँसुले नि साथ ।।
बोल्दैनन् कोही मन्दिरमा पनि
जर्जर बूढो देखी ।।
यही हो नियति देहधारीको
नगर्नु है रत्ति रिस ।।
तीनथाना, ढुङ्गाअड्डा, काठमाडौँ