Mahesh Regmi – Tathakathit Ma

महेश रेग्मी – तथाकथित म
(मधुपर्क माघ, २०६७)

म आफ्नै तस्बिर च्यात्छु
आफनैविरुद्ध उभिन्छु
र,
आपत्ति जनाउँछु
आफ्नो जन्मदिनलाई
मलाई पीडा छ
देशलाई केही दिन नसकेकोमा
देशको लाज ढाक्न नसकेकोमा
तथाकथित
अर्थात् महेश रेग्मी
शून्यतामा आफँैलाई टक्टक्याउँछु
मेरा प्रतिपक्षहरू
मेरा शब्दहरूका आवाज खोस्छन्
म झन् झन् शून्य शून्य हुन्छु ।
कतै बाटो बिराएर बगेको खोलाजस्तो म
कहाँ बग्दैछु, थाहा छैन
म उपयोगी भएँ कि
सफल भएँ वा
शून्यसरि बिलाएँ ?
म आफैँसँग बयान लिइरहेको हुन्छु
कसैले मबाट मलाई मदन सम्झेलान्
कसैले मबाट मलाई महेन्द्र सम्झेलान्
कसैले मबाट मलाई मनमोहन पनि सम्झेलान्
तर म माटोको म
नेपाली माटोले बनेको म
तथाकथित म