Birkha Kranti – Samyabad

बिर्ख क्रान्ति – साम्यवाद

शान्ति, सुशासन र समृद्धिको सिला खोज्दै
पहाडका डिल र तराईका फाँटबाट
राता झ्ण्डा फहराउँदै
नागरिकहरू राजधानी पसिरहेछन्।
गाउँ परिषद्
जिल्ला परिषद्
राष्ट्रिय परिषद्का हलमा
पार्षद्हरू बजेट विनियोजन गरिरहेछन्।
सबै पार्षद्का कार्यालयमा
एकाएक-
समानुपातिक बजेटको बम पड्किन्छ
नागरिक प्रश्नहरू ठाउँका ठाउँ ढल्छन्।
तैं चुप्,
मै चुप्,
सुनसान,
साम्य,
साम्यवाद।