Uma Subedi – Sapani Ka Milan Haru

उमा सुवेदी – सपनीका मिलनहरू (गीत)
(मधुपर्क साउन, २०६७)

सपनीका मिलनहरू विपनीमा पाउने भए
पर्खिनु है मेरो हजुर वरपीलझैं छाउने भए ।

जिन्दगीको गोरेटोमा एक्लो हिँड्न गाह्रो रैछ
साँचो माया लाएपछि बिछोडिन सारो रैछ
नभुल्नु है कहिल्यै पनि, दोहोरीमा गाउने भए
पर्खिनु है मेरो हजुर वरपीलझैं छाउने भए ।

बसेकी छु भेट हुने आशा मनमा सँगालेर
अतितका पलहरू मनभरि अँगालेर
यो मनको मेरो हजुर, चोखो माया लाउने भए
पर्खिनु है मेरो हजुर वरपीपलझैं छाउने भए ।

– कुसुन्ती, ललितपुर