Bishnu Nanda Chamling – Ful Ko Thunga (Nepali Gajal)

बिष्णुनन्द चाम्लिङ – फूलको थुङ्गा (गजल)

फूलको थुङ्गा तिमीमा फालेर लेख्दैछु एउटा गीत
बैशालु माया तिमीमा गालेर लेख्दैछु एउटा गीत

थिएन रङ्ग जीवनको हरेक बसन्त ऋतुहरूमा
सुनौलो रङ्गमा भवना ढालेर लेख्दैछु एउटा गीत

तिम्रो यादले सताउँदा हरेक सुन्सान रातमा
अन्धकार रातमा दियालो बालेर लेख्दैछु एउटा गीत

रहर र आशाको भारीले फाटि सक्दा जिन्दगी
पिडाहरू पलाउने मुहानै टालेर लेख्दैछु एउटा गीत