भुपेन्द्र महत – अरबको तातो घाममा
अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनु
तिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनु ।
पूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउछु भन्दै
सुन टिप्न गाको मान्छे आगो भित्र बल्यो भन्दिनु ।
जिर्ण भको कुन्ता शरीर त्यो काममा जोत्दा जोत्दै
मर्नु अगि दुब्लाएर सियो जस्तो गल्यो भन्दिनु ।
खुशी निखन्छु भन्दै आँसु पुछने तिम्रो आधार
निराधार भो रे सपनाले पनि छल्यो भन्दिनु ।
उफ्री उफ्री छुन सकिन आकाश भन्दै रुन्थ्यो
कती थे रे आशाहरु उसै संग जल्यो भन्दिनु ।.